२०८३ साउन ९ शनिबार

इपानमा कृष्ण आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति

ई आर्थिक    सोमबार, भाद्र १ २०७७
16.5K
Shares
इपानमा कृष्ण आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति

ई–आर्थिक, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) मा नयाँ कार्यसमिति चयन भएको छ । दुई प्यानलबीच चुनावी चर्चाका बीच बरिष्ठ उद्यमी कृष्ण आचार्यको अध्यक्षमा नयाँ कार्यसमिति चुनिएको हो ।

सर्वसम्मत चुनिएको नयाँ कार्यसमितिको तीनवटा उपाध्यक्षमा आशिष गर्ग, गणेश कार्की, मोहन डांगी चुनिएका छन् । त्यसैगरी महासचिवमा गोरे शेर्पा तथा सचिवमा भरत खत्री, बलराम खतिवडा, राम आचार्य चुनिएका छन् । त्यस्तै कोषाध्यक्षमा आनन्द चौधरी चयन भएका छन् ।

नयाँ कार्यसमिति सदस्यमा प्रकाश दुलाल, भरत खड्का, भरत लामिछाने थापा र उत्तम ब्लोन लामा रहेका छन् भने महिला सदस्य अविज्ञा मल्ल र कविता कंडेल चुनिएको इपानले जानकारी दिएको छ ।

गत असार १५ गते हुने तय भएको इपानको निर्वाचन कोभिड–१९ र प्रोक्सी विवादका कारणले रोकिएको थियो । पछि सल्लाहकार र अग्रज जलविद्युत् उत्पादकको मध्यस्थतापछि विवाद समाधान भएर सर्वसहमतिले नेतृत्व चयन हुने मौका पाएको थियो ।

विगतमा सर्वसम्मत रुपमा नेतृत्व चयन हुँदै आएको इपानमा यसपटक भने दुई प्यानल बनाएर निर्वाचन हुने वातावरण तयार भएपछि प्यानल नै बनाएर मनोनयन दर्ता भएको थियो ।
गत असार १४ गते साँझ कार्यालय समयपछि कोरोनाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय ललितपुरले निर्वाचन स्थगन गर्न निर्देशन दिएपछि सबै कार्यक्रम रोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij