इ-आर्थिक, काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउमा सामान्य गिरावट आएको छ ।
यस दिन सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेर ९८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ६ सय रुपैयाँ थियो ।
यसैगरी, शुक्रबार तोलाको ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आइतबार प्रतितोला ९७ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, चाँदी प्रतितोला १३ सय २५ रुपैयाँ कायम भएको छ । चाँदीको प्रतितोला १३ सय ५५ रुपैयाँ रहेको थियो।