२०८३ साउन ९ शनिबार

अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाइडेनले छाने उपराष्ट्रपति, भारतीय मुलकी कमला ह्यारिस बन्ने पक्का

ई आर्थिक    बुधबार, साउन २८ २०७७
6.2K
Shares
अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाइडेनले छाने उपराष्ट्रपति, भारतीय मुलकी कमला ह्यारिस बन्ने पक्का

ई-आर्थिक, काठमाडौं। अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जोय बाइडेनले भारतीय मुलकी कमला हारिसलाई उपराष्ट्रपतिका रुपमा उभ्याएका छन् । बाइडेनले आफुले चुनाव जितेमा सांसद ह्यारिसलाई उपराष्ट्रपति बनाउने घोषणा गरेका हुन् ।

आगामी चुनावमा रिपब्लिकनतर्फका प्रत्यासी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ७८ वर्षका बाइडेनले चुनौती दिदैंछन् । बाइडेनले ट्वीट गरेर ह्यारिसलाई उप-राष्ट्रपतिको उम्मेदवार बनाइएको घोषणा गरेका हुन्। उनले ह्यारिसलाई उप-राष्ट्रपतिको उम्मेदावर चयन गरेको बताउँदा आफूलाई गर्व लागेको ट्विटरमा लेखेका छन्। उनले कमलालाई “बहादुर योद्धा र अमेरिकाकी सबैभन्दा उत्तम जनसेवकमध्ये एक” भनेका छन्।

बाइडेनले उनी क्यालिफोर्नियाको महान्यायाधिवक्ता हुँदा आफ्नो दिवङ्गत छोरासँग कसरी काम गरेकी थिइन् भनेर स्मरण पनि गरेका छन्। उनले कमलाका साथ बुधवार विल्मिङ्टनको डेलवेयरमा संयुक्त रूपमा सम्बोधन गर्ने घोषणा गरेका छन्।

कमला ह्यारिस को हुन् ?

५५ वर्षीया अहिले सिनेट सदस्य छिन् । उनी यसअघि क्यालिफोर्नियाको महाधिवक्ता बनिसकेकी छिन् । ह्यारिस क्यालिफोर्नियाको ओक्लान्डामा जन्मिएकी हुन्। उनकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा जन्मेका थिए।

अमेरिकी इतिहासमा यसअघि दुुई पटकमात्रै महिलाहरु उपराष्ट्रपतिको उम्मेदवार थिए । सन् १९८४ मा डेमोक्रेटिकबाट गेराल्डिन फेरारो र २००८ मा रिपब्लिकनबाट सारा पालिनलाई उपराष्ट्रपतिको उम्मेदवारका रुपमा उभ्याइएको थियो । तर, यी दुुबै अवसरमा आफ्नो पार्टी पराजित भएकाले उनीहरुले सफलता हासिल गरेनन् ।

उनले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन्। उनले आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउने गरेकी छन् र उनले आफूलाई “एक अमेरिकी” भन्ने गर्छिन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij