ई–आर्थिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा थप एक व्यक्तिको मृत्यु भएको छ । भाइरस संक्रमणबाट काठमाडौं महानगरपालिका १० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको निधन भएको हो ।
उनको मेडिकेयर अस्पतालमा आज निधन भएको हो । उनीसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।