ई–आर्थिक, काठमाडौं । गोंगबुमा भेटिएको विभत्स अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ । उक्त शब दाङका कृष्णबहादुर बोहराको भएको खुलेको हो ।
गएको आइतबार मात्रै गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले उक्त शवको तीन सय मिटर पर टाउको र खुट्टा भेटाएको थियो ।
शवको सनाखत नहुँदा अनुसन्धानले गति लिन नसकेपछि प्रहरीले शवको तस्वीर सार्वजनिक गरेको थियो । सो पछि मात्रै उक्त शव बोहराको भएको खुलेको हो । बोहोरा नयाँ बजार क्षेत्रको एक उद्योगमा काम गर्दै आएको खुलेको छ ।
मृतकको सनाखत भएसँगै काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोलीले थप सक्रियता जनाएको छ ।