२०८३ साउन ९ शनिबार

इसेवा मनि ट्रान्सफर र बहराईन फाइनान्सिङ कम्पनीबीच डिजिटल रेमिट्यान्स सम्झौता

ई आर्थिक    सोमबार, साउन २६ २०७७
4K
Shares
इसेवा मनि ट्रान्सफर र बहराईन फाइनान्सिङ कम्पनीबीच डिजिटल रेमिट्यान्स सम्झौता

ई-आर्थिक, काठमाडौं। बहराइनमा रेमिट्यान्स् क्षेत्रमा ख्याती प्राप्त मनि ट्रान्सफर बहराइन फाइनान्सिङ कम्पनी (बिएफसी) र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् सेवा शुरू भएको छ ।

यो सेवा शुरू भएसँगै बहराईनमा रहेका नेपालीहरुले बिएफसीको ५५ वटा शाखाहरु साथै बीएफसी बहराइन एपबाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सक्नेछन् । नगदमा पठाइएको पैसा सिधै इसेवा वालेटमा प्राप्त गर्दा ग्राहकलाई रु ५५ क्यास ब्याक अफर पनि दिइएको छ ।

इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवा मार्फत नेपालमा पैसा प्रदान गर्दै आइरहेको छ ।

हालको विषम परिस्थितिलाई मध्य नजर गर्दै डिजिटल माध्यमबाट आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ ।

इसेवा मनिट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनिको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij