२०८३ साउन ९ शनिबार

सुनको मुल्य प्रतितोला एक हजारले बढ्यो, कति पुग्यो आज ?

ई आर्थिक    शुक्रबार, साउन २३ २०७७
5.4K
Shares
सुनको मुल्य प्रतितोला एक हजारले बढ्यो, कति पुग्यो आज ?

ई–आर्थिक, काठमाडौं । पछिल्लो समय निरन्तर बढ्दै गएको सुनको मुल्य शुक्रबार पनि बढेर निरन्तरता पाएको छ। बिहीबार प्रतितोला रु एक लाख दुई हजार ५०० मा कारोबार भएको सुन शुक्रबार रु एक हजारले वृद्धि भएको हो ।

आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार ५०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु एक लाख तीन हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार बिहीबारको तुलनामा आज चाँदीको मूल्य रु ६० ले बढेको छ । एक तोला चाँदीको मूल्य आज रु एक हजार ४०५ निर्धारण भएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०६१.५१ र सोही परिमाणको चाँदीको मूल्य २८.४९ अमेरिकी डलर कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij