ई–आर्थिक, काठमाडौं । वैदेशिक व्यापारको सरकारी सेवालाई केही सहजीकरण र सरलीकरण गर्न अब एकद्धार नीतिमा जाने तयारी सरकारले गरेको छ ।
अन्तराष्ट्रिय व्यापार अहिले स्वीकृति, क्वारेन्टीन, स्वास्थ्य परीक्षणसहितको प्रक्रियाका कारण २१ निकाय र संस्थासँग जोडिन्छ । विभिन्न संस्था तथा निकायका लागि काम गर्ने विभिन्न निकायमा जोडिनु पर्ने झन्झटबाट मुक्ति पाउन एकद्वार नीतिमा जान लागिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
वैदेशिक व्यापार सहिजकरणका लागि एकद्धार नीतिमा जाने प्रयास अनुसार २१ वटा निकायबाट हुने कामलाई अब एउटै निकायबाट गर्न सकिने व्यवस्था मिलाउन लागिएको उनले जानकारी दिए ।
सरकारले सो कार्यालय सञ्चालनका लागि कर्मचारी दरवन्दी स्थापनाको निर्णय समेत गरेको छ । अन्तराष्ट्रिय व्यापारका लागि २१ वटा निकायबाट हुने गरेका कामको सहजिकरण गर्न एउटै कार्यालय स्थापनाको प्रवन्ध अगाडी बढेको अर्थमन्त्री खतिवडाले बताए ।
यसको व्यवस्थासँगै बैदेशिक व्यापार सम्बन्धि सेवा लिने सेवाग्राहीहरुलाई केही सहज र राहत समेत हुने विश्वास सरकारले गरेको छ ।