ई–आर्थिक, काठमाडौं । ललितपुरको बगलामुखी केन्द्रविन्दु भएर आज बुधबार दिउँसो ४ बजे भूकम्प गएको छ । उक्त भुकम्प ३.५ रेक्टरको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
उपत्यकाको विभिन्न स्थानमा भूकम्पको धक्का स्थानमा महसुस गरिएको थियो । कम रेक्टरको भुकम्प भएपनि उपत्यकामै केन्द्रविन्दु रहेकाले उपत्यकावासीले राम्रै धक्का महसुस गरेका थिए ।