२०८३ साउन ९ शनिबार

एक लाख नाघ्यो एक तोला सुनको भाउ

ई आर्थिक    बुधबार, साउन २१ २०७७
5.8K
Shares
एक लाख नाघ्यो एक तोला सुनको भाउ

ई–आर्थिक, काठमाडौं । पछिल्लो समय सुनको मुल्य निरन्तर बढ्दै एकपछि अर्को कीर्तिमान बनाइरहेको बेला बुधबार सुनको मूल्य एक लाख कटेर फेरि नयाँ कीर्तिमानी रेकर्ड बनाएको छ ।

नेपाली बजारमा आज छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिन १६०० रुपैयाँले बढेको हो । त्यसैगरी, तेजावी सुनको मूल्य भने १ लाख ९०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य आज १ हजार २९५ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार चाँदीको मूल्य १२३० रुपैयाँ रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij