ई–आर्थिक, काठमाडौं । नेपालमा कोरोना भाइरसका ३१५ जना नयाँ संक्रमितको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ ।
हाल पाँच हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण सक्रिय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनको क्रममा पछिल्लो चौबीस घण्टामा छ हजार ९९३ जनाको स्वाब परीक्षण गरिएको जानकारी दिए । हालसम्म तीन लाख ८२ हजार ४९० जनाको स्वाब परीक्षण गरिएको उनले बताए ।
पछिल्लो चौबीस घण्टामा ९३ जना डिस्चार्ज भएर घर फर्केका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । कोरोनामुक्त हुने दर करिब ७२ प्रतिशत पुगेको हो । हाल ११ हजार ५३३ जना क्वारेन्टिनमा छन् ।
नयाँ संक्रमित विवरण :
- कैलाली ८९
- बझाङ ६८
- पर्सा ६६
- इलाम २२
- सुनसरी १
- झापा २
- सिरहा ५
- उदयपुर १
- मोरङ ३
- सप्तरी ७
- बारा १
- रौटहट १
- कञ्चनपुर ९
- काठमाडौँ ५
- काभ्रेपलाञ्चोक १
- रामेछाप २
- भक्तपुर १
- कास्की १
- रुपन्देही २
- सल्यान १