२०८३ साउन ९ शनिबार

उद्योगलाई नविकरण गर्न भदौ ७ गतेको समय सीमा, नविकरण नगरे कारवाही

ई आर्थिक    बुधबार, साउन १४ २०७७
4.7K
Shares
उद्योगलाई नविकरण गर्न भदौ ७ गतेको समय सीमा, नविकरण नगरे कारवाही

ई–आर्थिक, काठमाडौं । उद्योग विभागले यही भदौ ७ गते भित्र नविकरण गर्न उद्योगहरुलाई आग्रह गरेको छ । उद्योग विभागले एक सूचना प्रकाशित गर्दै मातहतका उद्योगलाई भदौ सात गतेभित्र आफ्नो उद्योगहरु नवीकरण गरिसक्न उद्योग विभागले आग्रह गर्दै सो समय सीमा तोकेको हो । साउन ७ गतेबाट लकडाउन खुलेको र अतिरिक्त ३० दिन नवीकरणका लागि समय दिइएको विभागले जानकारी दिएको छ । सो थप अवधि पार भए जरिवाना लाग्ने विभागद्वारा जारी सूचनामा जनाएको छ ।

विभागको सूचनामा भनिएको छ– ‘लकडाउन साउन ७ गते खुलेको र त्यसको ३० दिनसम्म विभागसँग सम्बन्धित कार्यहरु गराइसक्नुपर्ने अन्यथा साविककै दरमा जरिवाना लाग्ने छ,।’ विभागको सूचनापछि उद्योग नवीकरणका साथै पेटेन्ट, डिजाइन र ट्रेडमार्क दर्ता नवीकरण भदौ ७ गतेभित्र गरिसक्नुपर्नेछ ।

त्यसैगरी यस्तै आफ्नो व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थपका लागि निवेदन दिने समय पनि भदौ पहिलो सातासम्मको लागि मात्रै थप गरिएको छ ।

तर यो सबै नवीकरण गर्ने कार्यमा विदेशी लगानीकर्ताले भने थप १ महिनाको समय पाउनेछन् । उपत्यका बाहिर सञ्चालन हुनेले पनि सबै कार्यका लागि थप १ महिनाको समय पाउने विभागले उल्लेख गरेको छ ।

विभागको यो सूचनासँगै बन्दाबन्दीको समयमा नविकरण नभएका उद्योगलाई केही राहत हुने भएको छ । विभागको यो सूचनाले नविकरण नगरेका उद्योगका प्रमुखले भने– ‘यसले हामीलाई केही राहत महसुस भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij