ई–आर्थिक, काठमाडौं । नेपालमा समय सापेक्ष विभिन्न सेवामुलुक कम्पनीहरु खुल्न थालेका छन् । यसैक्रममा सजिलो मेड्सले घरघरमा मेडिकल परामर्श, औषधि आपूर्ति र स्वास्थ परिक्षण गर्ने सेवा सुचारु गर्ने भएको छ । सजिलो मेडसले ‘अनलाइन फर्मा सबैको घरघर’मा मूल उद्देश्य लिएर साउन १३ गतेबाट काठमाडौंबाट आफ्नो सेवा सुरु गर्ने भएको हो ।
विभिन्न डाक्टर र प्रोफेसनलहरू मिलेर खोलिएको कम्पनीले घरघरमा मेडिकल परामर्श, औषधि आपूर्ति र स्वास्थ परिक्षण गर्ने सेवा दिने मुख्य उद्देश्य राखेको कम्पनीका सञ्चालक तथा को–फाउण्डर रमेशकुमार भट्टराईले जानकारी दिए ।
पहिलो चरणमा इमर्जेन्सी पर्दा अनलाइबाट डाक्टरको परामर्श लिन सकिने र प्रत्येक घरमा प्रेस्किप्सन अपलोड गरेको आधारमा आवश्यक औषधि पु¥याउने र दोस्रो चरणमा काठमाडौं भित्र तोकेको केन्द्रबाट ल्याव सेवा प्रदान गर्ने उद्देश्य राखेको कम्पनीले जानकारी दिएको छ ।
यो सबै कार्य मैतिदेवी स्थित कार्यालयबाट अनलाइन सफ्टवोयरमार्फत संचालन, नियन्त्रण र निर्देशन गर्ने कम्पनीका
सञ्चालक तथा को–फाउण्डर भट्टराईले जानकारी दिए ।
वैदेशिक रोजगारी र अध्ययनको लागि प्रायः प्रत्येक घरबाट विदेशिएको कारण घरमा रहने वृद्ध वृद्धालाई स्वास्थ्य सेवा लिनमा आइरहेको कठिनाइलाई हेरेर सेवा पुर्याउने लक्ष्यले पनि सजिलो मेड्सको अवधारणा ल्याइएको भट्टराईको भनाई छ ।
विदेशमा लामो समय काम गरेका दक्ष व्यक्ति, काठमाडौंको प्रतिष्ठित डाक्टर, औषधी व्यवसायी र प्रोफेसनल मिलेर कम्पनी स्थापना र संचालन गरिएकोले स्वास्थ्य परामर्श र आवश्यक औषधि घरघरमा पुर्याउन सकिने प्रतिवद्धता कम्पनीले जनाएको छ ।
कम्पनीको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराई रहेका छन् ।