२०८३ साउन ९ शनिबार

थप एक कोरोना संक्रमितको मृत्यु, कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो

ई आर्थिक    बिहिबार, साउन ८ २०७७
9.8K
Shares
थप एक कोरोना संक्रमितको मृत्यु, कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो

ई–आर्थिक, वीरगञ्ज । नेपालमा कोरोनाको संक्रमणवाट मृत्यु हुने एकजना थपिएका छन् । कोरोना संक्रमणबाट वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो ।

स्वासप्रश्वासमा समस्या भएपछि सुरुमा वर्णवाललाई सोमबार मात्रै एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । पछि सोमबार नै उनलाई शंकास्पद कोरोना संक्रमितको रुपमा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो एक बजेतिर गण्डकमा भर्ना भएका उनको मंगलबार अपरान्ह मृत्यु भएको थियो ।

मृत्युपछि नारायणी अस्पतालको पीसीआर ल्याबमा जाँच गर्दा उनको स्वाब संकलन गर्दा बुधबार कोरोना पोजेटिभ देखिएको थियो । उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको गण्डक अस्थायी कोभिड अस्पतालले पुष्टि गरेको छ ।

अक्सिजन दिइरहेकै अवस्थामा उपचार चल्दै गर्दा वर्णवालको मृत्यु भएको सो अस्पतालले जानकारी दिएको छ ।
वर्णवालसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ । मृतकको संख्या ४० रहेकोमा हिजोमात्रै दुईजना कोरोना संक्रमितको थपिएर ४२ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij