ई–आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको भाउ बुधबार एकैदिन तोलाको १३ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ । यो सुनको भाउ एतिहासिक रेकर्ड हो। यस्तै तेजावी सुन तोलामा ९३ हजार ५६० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार १०४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ११३५ रुपैयाँमा कारोबा भएको हो । बुधबार चाँदीको भाउ पनि एकैदिन ताेलामा ९५ रुपैयाँले बढेको हो ।
सुनको भाउ अन्तराष्ट्रिय बजारमा उच्च रुपले बढेको छ जसले गर्दा नेपाली बजारमा पनि सुनको भाउ उच्च रुपले बढेको हो। सुनको भाउ बुधबार अन्तराष्ट्रिय बजारमा प्रतिआउन्स १ हजार ८५६ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ।