२०८३ साउन ११ सोमबार

सुनचाँदीको भाउमा नयाँ रेकर्ड कायमै, तोलामा कति पुग्यो ?

ई आर्थिक    मंगलबार, पौस १५ २०७६
2.9K
Shares
सुनचाँदीको भाउमा नयाँ रेकर्ड कायमै, तोलामा कति पुग्यो ?

ई–आर्थिक, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

सुन तोलामा २ सय रुपैयाँ बढेर तोलाको ७३ हजार ५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला ७३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । यो भाउ अहिलेसम्मकै महँगो हो ।

यस्तै चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यसअघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको सुनको भाउ गएको महिनादेखि फेरि बिस्तारै बढेर आज तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij