२०८३ साउन १० आइतबार

नारायणीमा बज्यो खतराको घण्टी, पानीको सतह बढेसँगै सतर्कता अपनाउन आग्रह

ई आर्थिक    सोमबार, साउन ५ २०७७
13.6K
Shares
नारायणीमा बज्यो खतराको घण्टी, पानीको सतह बढेसँगै सतर्कता अपनाउन आग्रह

ई–आर्थिक, काठमाडौं । लगातारको अविरल वर्षाका कारण नारायणी नदीमा बाढीले खतराको घण्टी बजाएको छ। नारायणी नदीको देवघाटमा पानीको सतह खतराको तहभन्दा माथि गएको र अझै बढ्ने क्रममा रहेपछि नदी वरपरका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ ।

नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जल सतह सतर्कता तहनजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले सुचना जारी गर्दै बिहान १० बजे नारायणी नदी देवघाट बाढीमापन केन्द्रमा जलसतह सतर्कता खतराको तहमा पुगेको र बढ्दो क्रममा रहेकाले चितवन र नवलपरासीको नारायणीको तटीय क्षेत्रमा हुनेहरूले बेलुकासम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

राप्ती नदीमा बाढी आए विशेष त रत्ननगरको सौराहा र भरपुरको २२, २७ र २८ मा असर गर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij