२०८३ साउन ९ शनिबार

रेष्टुराँ सञ्चालक तीन दिनदेखि बेपत्ता

ई आर्थिक    आइतबार, साउन ४ २०७७
2.6K
Shares
रेष्टुराँ सञ्चालक तीन दिनदेखि बेपत्ता

ई–आर्थिक, बाग्लुङ । बाग्लुङ नगरपालिका–३ गुठीमा रेष्टुराँ सञ्चालन गरी बस्दै आएका ओखलढुङ्गाका ४४ वर्षीय रामचन्द्र भट्टराई तीन दिनदेखि बेपत्ता भएका छन् ।

बागलुङ जिल्ला सदरमुकामस्थित बागलुङ बजारको गुठीमा लामो समयदेखि गौरीशङ्कर रेष्टुराँ सञ्चालन गर्दै आएका सरल प्रकृतिका भट्टराई बजारदेखि नै बेपत्ता भएको उनकी छोरी सृष्टिले जानकारी दिइन् ।

भट्टराई हराएको भनी प्रहरीमा जानकारी गराइएको छ । खोजीका लागि सबैलाई सहयोग गर्न सृष्टिले आग्रह गरेकी छिन् । रेष्टुँरा सञ्चालक भट्टराईलाई भेटेमा मोबाइल नं ९८६७६८४१७७ र ९८४५५३३६६२ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij