ई–आर्थिक, काठमाडौं । नेपालमा १०१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो चौबीस घण्टामा नयाँ संक्रमित थपिएसँगै नेपालमा कोभिड–१९ संक्रमित हुनेको सङ्ख्या १७ हजार ४४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी आफ्नो नियमित पत्रकार सम्मेलनमा जानकारी दिए। पछिल्लो चौबीस घण्टामा २७ वटा प्रयोगशालामा चार हजार ६८८ जनाको नमूना सङ्कलन गरी परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
संक्रमित हुनेमा सप्तरीका १, झापाका २, मोरङका २, धनुषाका ८, बाराका १, पर्साका २, भक्तपुरका २, नुवाकोटका २, बाराका २, मकवानपुरका १, नवलपरासी पूर्वका ३, रौटहटका ८, सिन्धुलीका १, काभ्रेपलाञ्चोकका १, काठमाडौं १, पाल्पाका १, लमजुङका २२, तनहुँका ७, बर्दियाका १०, दाङका ५, रोल्पाका १३ ,रुपन्देहीका १, सल्यानका १, रुकुम पश्चिमका १, डडेलधुराका १, बझाङका १ र डोटीका १ जना रहेका छन् ।
पछिल्लो चौबीस घण्टामा २८५ जना सङ्क्रमणमुक्त भई घर फर्किए सँगै हालसम्म कुल ११ हजार ५३४ जना कोभिड–१९ संक्रमित निको भई घर फर्केका छन् । नेपालमा कोरोनाभाइरस सङ्क्रमितको निको हुने दर ६६.१२ प्रतिशत पुगेको छ । हाल २२ हजार ७५६ जना क्वारेन्टाइनमा रहेका छन् । त्यसैगरी, आईसोलेशनमा पाँच हजार ८७१ जना छन् ।
सप्तरीको राजविराजका एकजना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ ।