२०८३ साउन १० आइतबार

आजबाट एटीएम मार्फत अन्तर बैंकिङ्ग कारोबार गर्दा शुल्क लाग्ने

ई आर्थिक    बिहिबार, साउन १ २०७७
9.4K
Shares
आजबाट एटीएम मार्फत अन्तर बैंकिङ्ग कारोबार गर्दा शुल्क लाग्ने

ई-आर्थिक, काठमाडौँ । अन्तर बैंक एटीएम र कनेक्ट आईपीएस मार्फत वित्तीय कारोबार गर्दा शुल्क लाग्ने भएको छ ।

कोभिड-१९ महामारीमा ग्राहकको सहजताका लागि नेपाल बैकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले अन्तर बैंक एटिएम तथा कनेक्ट आईपीएस मार्फत गरिने कारोबारमा शुल्क नलाग्ने व्यवस्था गरेका थिए ।

तर, अब लकडाउन खुकुलो भएको र आवतजावत पनि सहज भएकाले बिहीबारदेखि शुल्कबारे बैंकले नै निर्णय गर्न सक्ने तीन वटै संस्थाले एक विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्कबारे पनि नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने भएको छ । ग्राहकको भिड कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै लकडाउनपछि बैंकहरुले अन्तर बैंक एटीएम सेवा लिँदा शुल्क लिएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij