२०८३ साउन १० आइतबार

बाढीपहिरोले ६० जनाको ज्यान लियो, ४१ जनाको न सास न लास

ई आर्थिक    सोमबार, असार २९ २०७७
5.3K
Shares
बाढीपहिरोले ६० जनाको ज्यान लियो, ४१ जनाको न सास न लास

ई–आर्थिक, काठमाडौं । केहीदिनदेखि लगातार परेको अबिरल बर्षाले देशभरका ६० जनाको ज्यान लिएको छ । वितेका ४ दिन यता बाढी र पहिरोमा परी सो संख्याको ज्यान गएको हो ।

त्यसैगरी बाढी पहिरोले ४१ जना वेपत्ता भएका छन् । उनीहरुको पनि मृत्यु भइसकेको हुनसक्ने अनुमान गरिएको छ । खोजि कार्य तीब्र बनाउँदा समेत उनीहरुको न सास भेटिएको छ नत लास भेटिएको छ ।

पछिल्लो २४ घण्टामा संखुवासभा, झापा, सुनसरी, उदयपुर र जाजरकोटमा मानवीय क्षति भएको थियो ।

लगातार परेका भारी बर्षाका कारण पहाडी जिल्लामा बाढीपहिरो र तराईमा डुबान भइरहेको छ । यसबाट संयौं परिवार विस्थापित भएका छन् । त्यस्तै अबिरल बर्षापछि आएको बाढीका कारण तराईका संयौं बस्ती र बजार डुबानमा परेका छन् । डुबान पछि ती बस्ती र बजार अस्तव्य बनेका छन् ।

पिडितहरुले सरकारसँग उद्धार, राहत र क्षतिपूर्तिको माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij