२०८३ साउन ९ शनिबार

नयाँ पुस्ताका लागि नबिल बैंकले सुरु गर्यो ‘नबिल डिजि बैंक’

ई आर्थिक    आइतबार, असार २८ २०७७
5.4K
Shares
नयाँ पुस्ताका लागि नबिल बैंकले सुरु गर्यो ‘नबिल डिजि बैंक’

ई-आर्थिक, काठमाडौँ । नबिल बैंकले आफ्नो ३६ औं वार्षिक उत्सवको अवसर पारेर ‘नबिल डिजि बैंक’ शुरू गरेको छ। बैंकिङ प्रणालीलाई थप डिजिटलाईज बनाउनको लागि बैंकले आइतबारबाट उक्त सेवा ल्याएको जनाएको छ।

बैंकले नबिल डिजी बैंक ग्राहकवर्गले आफुले चाहेको समय, ठाउँ र सुविधा अनुसार बैंकिङ्ग सेवा उपभोग गर्न पाउने गरि बैंकको प्रविधिमा आधारित रुपान्तरणको आधार तय गरिएको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले नबिल डिजि बैंक नबिल बैंकको ग्राहक सेवामा समर्पित प्रतिबद्धताको उदाहरण भएको बताए । जसले अबका दिनहरुमा सूचना प्रविधिमा आधारित रणनीतिबाट बैंकको रुपान्तरण गर्दै डिजिटल सेवाहरु मर्फत अनुपम ग्राहक अनुभवहरु सिर्जना गर्दै जाने लक्ष्य राखेको जानकारी गराए । आउँदो पुस्तालाई आकर्षित गर्न डिजिटल बैंकिङ सुरु गरिएको सिईओ शाहले बताए ।

रुपान्तरणको प्रकृयामा बैंकले बैकिङ्ग क्षेत्रमा उत्कृष्ठ सेवा प्रदान गर्दै आएको भारतको आइ.सी.आइ.सी.आइ बैंक तथा सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था हुवावे टेक्नोलोजीसँग रणनैतिक साझेदारी आरम्भ गरिसकेको बताए ।सिइओ शाहले बैंकका नायब महाप्रबन्धक विनय कुमार रेग्मीको नेतृत्वमा गठित नबिल डिजि बैंक नबिल बैंकको स्थाई संरचना इकाइ रहेको र बैंकको प्रविधिमा आधारित रुपान्तरणको प्रकृयाको अपरिहार्य प्रस्थान विन्दु भएको प्रष्ट पारे ।

साथै यसले नेपालको आर्थिक सेवा क्षेत्रमा प्रविधिमा आधारित क्रान्तिमा अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गरे । मोबाइल तथा इन्टरनेट बैंकिङ जस्ता सेवाहरुले लाखौं ग्राहकवर्गलाई केही सुविधा दिइरहेको परिप्रेक्ष्यमा नबिल डिजि बैंकले ग्राहकवर्गलाई उत्कृष्ठ सेवा अनुभव प्रदान गर्न अब उपरान्त डिजिटल रणनीति तथा कायक्रमहरु मार्फत पारस्परिक बैंकिङ्ग पद्दत्तिलाई चुनौति दिँदै ग्राहकवर्ग, फिन्टेकलगायत अन्य पक्षसँगको सहकार्यमा आर्थिक इकोसिस्टममा आधारित बैंकिङ्ग तथा आर्थिक सेवाको प्रयोग गर्ने अठोट व्यक्त गरे ।

नबिल डिजी बैंक प्रमुख बिनय कुमार रेग्मीले बाँकी रहेको ३५ प्रतिशताई बकैंको दायरामा ल्याउन आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै हुवावे टेक्नलजिज् नेपालका प्रमुख कार्यकारी अधिकृत डेङ शुगेनले नबिल बैंकलाई ३६ वर्षको गौरवमय इतिहास रच्न सफल भएकोमा बधाई तथा शुभकामना व्याक्त गरे । हुवावेले सूचना प्रविधिमा हासिल गरेको उपलब्धिलाई बैंकको रुपान्तरणको प्रकृयामा प्रयोग गरि सहयोगी भूमिका निवार्ह गर्ने वचन व्यक्त गरे । कार्यक्रमलाई अघि बढाउँदै नबिल डिजी बैंकका प्रमुख विनय कुमार रेग्मीले टीम नबिलको उत्पादकत्व तथा दक्षता अभिवृद्धि गर्दै ग्राहकवर्गको जीवन यात्रालाई आथिर्क सेवाहरु मार्फत सशक्त तथा सुविधायुक्त बनाउन गरिने प्रयासहरुबारे प्रकाश पारे ।

सोही कार्यक्रमा बोल्दै मिस नेपाल तथा सामाजिक अभियन्ता, श्रृंखला खतिवडाले २१ औं शताब्दीका ग्राहकवर्गको इच्छाहरुलाई पहिल्याउँदै त्यसलाई आफ्ना सेवाहरु मार्फत ठोस कदम चाल्न सुरुवात गरेकोमा बैंकलाई शुभकामना दिए र अब ग्राहकले महसूस गर्ने गरि बैंकिङ्ग सेवाको स्तर निकै बढ्ने आशा व्यक्त गरे ।

त्यसैगरि परिचित युवा कलाकार अनमोल केसीले बैंकिङ्ग सेवाहरुलाई प्रविधि मैत्री युवालाई लक्षित गर्दै अन्यलाई पनि डिजिटल सेवा उपयोग गर्न सिकाउँदै लैजानु आजको आवश्यकता भएको धारण व्यक्त गरे ।

नबिल डिजी बैंक अन्तर्गतका, डिजिटल बैंकिङ्ग प्रमुख निरज शर्माले कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै, नबिल बैंकको रुपान्तरणको यात्रालाई ग्राहकमुखी बनाउन समुदायको हरेक पक्षको सहभागिता तथा रचनात्मक आलोचना अपरिहार्य रेहेको स्मरण गर्नुभयो तथा प्रतिकृयाको आशा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij