२०८३ साउन १२ मंगलबार

भोली शनिबार पनि बैंक खुलै राख्न राष्ट्र बैंकको निर्देशन, राजश्व असुलीमा सहजीकरण मूख्य लक्ष्य

ई आर्थिक    शुक्रबार, असार २६ २०७७
15K
Shares
भोली शनिबार पनि बैंक खुलै राख्न राष्ट्र बैंकको निर्देशन, राजश्व असुलीमा सहजीकरण मूख्य लक्ष्य

ई–आर्थिक, काठमाडौं । भोली शनिवार पनि बैंक वित्तीय संस्था खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएपछि भोली पनि बैंक खुलेका हुन् । राष्ट्र बैंकको निर्देशन ‘क’ वाणिज्य बैंकका साथै ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू समेतले पालना गर्नुपर्नेछ ।

राष्ट्र बैंकले राजश्व बुझ्ने प्रयोजनले बैंक वित्तीय संस्थालाई शनिवार पनि खुल्ला राख्न भनेको हो । सो प्रयोजनका लागि राष्ट्र बैंकले असार मसान्तसम्ममा शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो ।

शनिवार बैंकमात्रै होइन क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस समेत भोलि शनिबार खुला हुने भएका छन् ।

कोभिड–१९ का भएको लकडाउनले सरकारको राजस्व उठ्न नसकेको र सर्वसाधारणलाई सहजताका लागि बैंकहरू खुला राख्न निर्देशन दिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

लकडाउनको समय मात्रै होइन सरकारलाई तिर्नुपर्ने राजस्व तिर्न असार मसान्तसम्म शनिबारमात्रै होइन अन्य सार्वजनिक बिदा भए पनि राष्ट्र बैंकले निश्चित समय तोकेर बैंकहरूलाई खुला राख्न निर्देशन दिने गरेको थियो । यो शनिवारलाई त्यसैको निरन्तरता समेत भएको राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij