२०८३ साउन १० आइतबार

नेपालमा कोरोना संक्रमितको बृद्धि एकनास, आज ५९३ थपिएर ११ हजार ७५५ पुग्यो

ई आर्थिक    शुक्रबार, असार १२ २०७७
6.2K
Shares
नेपालमा कोरोना संक्रमितको बृद्धि एकनास, आज ५९३ थपिएर ११ हजार ७५५ पुग्यो

ई–आर्थिक, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या एकनासले बृद्धि भएको छ । विगत लामो समयदेखि नेपालमा सरदर ५०० को हाराहारीमा कोरोना संक्रमित थपिइरहेका छन् । आज शुक्रबार पनि ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका सो संख्या संख्या नेपालमा कुल संक्रमितको संख्या ११ हजार ७५५ पुगेको उनले बताए ।

आज संक्रमित हुनेमा मोरङका २ जना, झापाका ४ जना, सुनसरीका १० जना, धनुषाका १५ जना, महोत्तरीका ४ जना, सिरहाका ६ जना, अछामका १ जना, बैतडीका २५ जना, बझाङका ९ जना रहेका छन् । त्यसैगरी बाजुराका २७ जना, बाराका २ जना, दार्चुलाका ३ जना, डोटीका ४६ जना, गोरखाका ५ जना, कैलालीका ३१ जना, कञ्चनपुरका ४२ जना, कपिलवस्तुका २१ जना, रौटहटका ५१ जना रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी सल्यानका ४ जना, गोरखाका १ जना, नवलपरासी पूर्वका २३ जना, नुवाकोटका १ जना, काठमाडौंका ३ जना, चितवनका १२ जना, गुल्मीका १२ जना, सिन्धुलीका ६ जना, कास्कीका २ जना, लमजुङका ६ जना, बागलुङका १ जना, तनहुँका २ जना, स्याङ्जाका १ जना, अर्घाखाँचीका ३ जना, गुल्मीका १३ जान, पाल्पाका ७६ जना, नवलपरासीका १ जना, रुपन्देहीका ६ जना, दाङका ७५ जना, प्युठानका २० जना, दैलेखका ५ जना, जाजरकोटका २ जना, मुगुका १ जना, सुर्खेतका १२ जना र जुम्लाका ३ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमणकै कारण नेपालमा हालसम्म २७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij