२०८३ साउन १० आइतबार

नेपालमा ४३४ नयाँ कोरोना भाइरस संक्रमित थपिए, कुल संक्रमितको संख्या ११ हजार १६२ पुग्यो

ई आर्थिक    बिहिबार, असार ११ २०७७
3.7K
Shares
नेपालमा ४३४ नयाँ कोरोना भाइरस संक्रमित थपिए, कुल संक्रमितको संख्या ११ हजार १६२ पुग्यो

मृत्यु हुनेको संख्या पनि २६ पुग्यो

ई–आर्थिक, काठमाडौं । नेपालमा थप ४३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले गएको २४ घन्टामा ४३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

विभिन्न जिल्लामा गरी आज थपिएका सो संख्यासँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।

त्यसैगरी कोरोनाबाट संक्रमित भएर मर्नेको संख्या पनि बढेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट हालसम्म २६ जनाको मृत्यु भइसकेको छ ।

बितेको २४ घण्टामा १९ महिला  र २९३ पुरुष गरी ३१२ जना संक्रमित निको भएको पनि गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij