२०८३ असोज ३ शनिबार

रोप्ने समयमा धानको समर्थन मूल्य, अघिल्लो बर्षको तुलनामा २ सय रुपैयाँले बढी

ई आर्थिक    बिहिबार, असार ४ २०७७
14.5K
Shares
रोप्ने समयमा धानको समर्थन मूल्य, अघिल्लो बर्षको तुलनामा २ सय रुपैयाँले बढी

ई–आर्थिक, काठमाडौं । सरकारले धानबाली धन रोप्ने बेलामा समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद् बैठकले मोटा धानको मूल्य प्रतिक्‍विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ तोकेको हो ।

उक्त मूल्यलाई कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिस गरेको थियो भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्‌मा प्रस्ताव गरेको थियो ।

धान बाली लगाउनु अघि समर्थन मूल्य तोकेको यो पहिलो हो । यो मूल्यमा किसानले व्यवसायीलाई बिक्री गर्न नसके सरकारी कम्पनीले खरिद गर्ने कृषि मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले तोकेको समर्थन मूल्य आर्थिक वर्ष ०६७/७७ को तुलनामा प्रतिक्विन्टल २ सय रुपैयाँले बढी हो । यसअघि मोटा धानको समर्थन मूल्य २ हजार ५ सय ३१.८० रुपैयाँ र मध्यमको २ हजार ६ सय ७३ रुपैयाँ थियो । ०७७/७८ को नीति तथा कार्यक्रममा कृषकको लागतका आधारमा उत्पादनको उचित मूल्य प्राप्त गर्ने गरी कृषि उपजको बजारीकरणको प्रबन्ध गरिने उल्लेख छ । सोही नीतिअनुसार बाली लगाउनुअघि नै मूल्य तोकिएको मन्त्रालयको भनाई छ ।

यो निर्णयलाई धान काट्ने बेलामा कार्यान्वयन हुने कृषि मन्त्रालयले जानकारी दिएको छ । धानको मूल्य समयमै मूल्य नतोकिदा व्यवसायीले मनोमानी मूल्यमा धान खरिद गर्दै आएका थिए । व्यवसायीको मनोमानी मूल्यका बीच किसान भने कम मूल्यमा धान बेच्न बाध्य थिए । सरकारले मूल्य तोकेपछि किसानले व्यापारीसँग धानको मूल्यमा बार्गेनिङ गर्न मन्त्रालयको निष्कर्ष छ ।

धानको मूल्य तोकेपछि आपूर्ति मन्त्रालयअन्तर्गत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्नेछ । उक्त किनिएको धान चामल बनाएर कर्णाली तथा दुर्गम जिल्लामा पठाइने गरेको छ ।

अघिल्लो बर्षको तुलनामा केही बढी मूल्य तोकिएकाले यो मूल्यमा धान विक्री गर्दा किसानलाई पनि राहत हुने मन्त्रालयको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij