२०८३ साउन ९ शनिबार

बामदेब गौतमलाई अर्थमन्त्री बन्न प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताब !

ई आर्थिक    शुक्रबार, जेष्ठ ३० २०७७
63.6K
Shares
बामदेब गौतमलाई अर्थमन्त्री बन्न प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताब !

ई–आर्थिक, काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेब गौतमलाई अर्थमन्त्री बन्न प्रस्ताब गरेको खुलेको छ । प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतम निकट नेताहरुमार्फत यस्तो प्रस्ताब गरेको स्रोतले जानकारी दिएको छ ।

यसका लागि ओलीले गौतम निकट नेताहरुलाई बालुवाटारमा आमन्त्रण गरेर गोप्य भेटघाट गरेका थिए । भेटघाटमा ओलीले गौतमले आफूलाई निकै ठूलो गुण लगाएको र त्यो चुक्ता गरेरै छाड्ने बिश्वास दिलाउन खोजेका थिए । ‘बामदेबजीले साथ नदिएको भए म पहिलो पटक संसदीय दलको नेता बन्ने थिइन । सँसदीय दलको नेता नभएको भए पार्टी अध्यक्ष पनि जित्ने थिइन ।

पार्टी अध्यक्ष नभएको भए दुई पटक प्रधानमन्त्री बन्ने कुरै थिएन ।’ ओलीले भाबुक हुदै बताएका थिए ‘त्यसपछि म पार्टीको चौथो वा पाँचौ तहको नेता भएर राजनीतिबाट बिश्राम लिने थिएँ ।’ आफू पूर्ब नेकपा एमालेको अध्यक्ष नभएको भए माओबादी केन्द्रसँग पार्टी एकता पनि नहुने र ईतिहासमा नेकपाले यस्तो अबसर पनि नपाउने ओलीले गौतमनिकट नेताहरुलाई बताएका थिए ।

माधब नेपाल नेकपा एमालेको कार्यकारी महासचिब भएको बेला गौतम र आफू दुबै पेलानमा परेको, एकले अर्कालाई सहयोग गरेको कुरा पनि स्मरण गरेका थिए । आफू जहिले पनि बामदेब गौतमसँग सकारात्मक रहेको बताउँदै ओलीेले आफू खोलो त¥यो लौरो बिस्र्यो गर्ने प्रबृतिको नभएको बिश्वास गराउने प्रयास गरेका थिए । आफूले गौतमलाई महत्वपूर्ण अबसर दिने प्रतिबद्धता गरेको पनि उनले त्यस बखत स्वीकार गरेका थिए ।

पार्टीभित्रको र बाहिरको परिस्थितिले उहाँलाई भनेजति वा गौतमले चाहेको सहयोग गर्न नसकिरहेको स्वीकार गर्दै ओलीले त्यसमा कयौं संभाबना ज्यूँका त्यूँ रहेको बताएका थिए । बामदेबलाई मुलुकको कार्यकारी पदबाहेक तलतिरका सबै अबसर भने आफूले उपलब्ध गराएको दाबी गदैं ओलीले कार्यकारी पदमा पु¥याउने अठोट पनि ब्यक्त गरेका थिए । ‘उहाँलाई त्यो ठाउँमा पु¥याउनैका लागि पार्टीभित्रको ७० बर्षको उमेर हद संशोधन गरिदिएको हुँ ।’ ओलीले भनेका थिए ‘त्यहाँ पु¥याएरै छाड्छु ।’

पार्टी एकतापछि अर्का अध्यक्ष प्रचण्डले पार्टीभित्र सोचेभन्दा बढी चलखेल गरेको र बामदेबलाई पनि बेला कुबेला भड्काएको ओलीको आरोप थियो । माधब नेपाल त आफ्नो लागि कुनै चुनौति नै नरहेको बताउँदै ओलीले प्रचण्डको साथ पाएर मात्र माधबले फुरफुर गरेको बताएका थिए ।

प्रचण्ड–माधब समूहमा बामदेब लाग्ने हो भने आफूले यो भन्दा बढी केही दिन नसक्ने घुमाउरो चेतावानीको सन्देश पनि ओलीले त्यस बखत दिएका थिए ।‘बनाउने मैले नै हो । प्रचण्ड र माधब पाए आफै बन्छन् । उनीहरुले बामदेबजीलाई बनाउने होइनन् ।’ ओलीले बामदेबको कानसम्म पु¥याउन आग्रह गर्दै भनेका थिए ‘त्यसैले प्रचण्डको र माधबको बहकाउनमा लाग्नु भएन । लाग्ने हो भने मबाट आशा पनि गर्नुभएन ।’ ओलीले यति कुरा गरेपछि अहिले बामदेबलाई अर्थमन्त्री बनाउन सकिने कुरा गरेका थिए ।

‘बामदेबजी मुलुकको आर्थिक समृद्धिमा केही योगदान गर्न पाए हुन्थ्यो भन्नुहुन्छ । त्यसका लागि अहिले उपुयुक्त पद भनेको अर्थमन्त्रीको नै हो ।’ ओलीले भनेका थिए ‘उपप्रधानसहित अर्थमन्त्री बन्ने हो भने सबै कुरा मिल्छ ।’ ईश्वर पनि भएकाले दुई उपप्रधानमन्त्री हुदा मुलुकमा नराम्रो सन्देश जाने बामदेब निकट नेताहरुले कुरा गरेपछि ईश्वरको ब्यबस्थापन मन्त्रीबाहिर हुने ओलीले संकेत गरेका थिए ।

‘अहिले उहाँ प्रधानमन्त्री माग्नुुहुन्छ, त्यो म दिन्न । त्यसबाहेक मागेको पद दिने मेरो प्रतिबद्धता भयो ।’ ओलीले भनेका थिए ‘यसले एक कार्यकाल मेरो र अर्को कार्यकाल बामदेबजीले पुरै कार्यकाल काम गर्न सक्छौं ।’ अर्को कार्यकाल प्रचण्ड पाइपलाइनमा रहेको कुरा बामदेब निकटले कुरा उठाएपछि प्रचण्डलाई पार्टीमा ब्यबस्थापन गर्ने जिम्मा आफ्नो भएको, तर त्यसमा बामदेबले बुझेर पाइला चाल्नुपर्ने ओलीले बताएका थिए ।

अर्थमन्त्री युवराज खतिवडाले ल्याएका तीनओटै बजेट निकै नै बिबादास्पद भएकाले ओलीले उनको ठाउँमा बामदेबलाई ल्याउन खोजेका हुन । अर्थमन्त्री खतिवडा राजनीतिज्ञ नहुदा बजेटको अपनत्व पार्टीका कुनै कार्यकर्ताले नलिएर झनै समस्या भएको महसुस गरेका ओलीले गौतम अर्थमन्त्री हुदा यस्तो आलोचना नहुने बिश्वास गरेका छन् । यसले युवराजको प्रतिश्थापन हुने र क्याबिनेटमा आएपछि सदैब आफ्नो समर्थन गर्ने हुदा दोहोरो लाभको हिसाब किताब ओलीले गरेको बताइन्छ ।

प्रधानमन्त्री ओलीका तर्फबाट पठाइएको यो प्रस्ताबको बारेमा गौतमले छलफल गर्न थालेको बुझिएको छ । उनले आफूलाई तत्काल प्रधानमन्त्रीमा कसैले समर्थन नगर्ने हुदा राष्ट्रियसभामा गएर अर्थमन्त्री नै बन्ने कि भन्ने सोच राख्न थालेको स्रोतले जानकारी दियो । गौतमले यो प्रस्ताबप्रति समर्थन जनाए बजेट पारित भएपछि उनलाई राष्ट्रियसभामा लैजाने तयारी गरिने स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij