ई-आर्थिक, काठमाडौं । स्टेट एट मिडियाले नेपालको अग्रणी डिजिटल पेमेन्ट सेवामध्येको डिजीपेको प्रायोजनमा “घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्” भन्ने मूल नाराका साथ नेपालमै अनौठो प्रतियोगिताः डिजीपे–लकडाउन्स गट ट्यालेन्ट सुरु गरेको छ ।
“प्रत्येक पटक १०–१० जना गरी चार राउन्डमा ४० जना र अत्याधिक लाइक भिडियोका आधारमा थप १० जना मोस्ट पपुलर गरी ५० जनालाई पहिलो चरणमा छनोट गरिनेछ,” प्रतियोगिताका मुख्य प्रायोजक एवं सह–आयोजक डिजीपेका कार्यकारी निर्देशक दिवाकर पाण्डेले भन्नुभयो ।
ती ५० जना प्रत्येकको डिजीपे खातामा तत्कालै १–१ हजार रुपैयाँ नगद जम्मा गरिने, उनीहरूले विभिन्न प्रायोकहरु जस्तै बेननेभिज आइसक्रिमका तर्फबाट गिफ्ट ह्याम्पर, नेटम्याक्सका तर्फबाट ३ महिनासम्म निःशुल्क इन्टरनेट, टीटाइम र कफी ब्रेकले ५०० रुपैयाँबराबरको गिफ्ट ह्याम्पर, एलओडी डिस्कोमा लकडाउन खुलेपछि जोडीलाई निःशुल्क प्रवेशका साथै स्न्क्याक्स र ड्रिंक्सलगायतका पुरस्कार पाउने आयोजकले जनाएको छ ।
“यो यस्तो यूनिक प्रतियोगिता हो, जसको कुनै निर्णायक (जज) हुने छैनन्, सामाजिक सञ्जालहरूमा अत्याधिक सेयर, लाइक र कमेन्टकै आधारमा विजेता छानिनेछ,” दिवाकर पाण्डेले भन्नु भयो ।
करिब दुई महिनासम्म सञ्चालन हुने यो प्रतियोगिताको अन्तिम स्पर्धाका मुख्य बिजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिने डिजीपेले जनाएको छ ।
प्रतियोगितामा भाग लिन पहिलो चरणका प्रतिष्पर्धी भिडियोहरू जेठ ३० गते भित्र पठाउनु पर्ने र असार १ गते पहिलो चरणको भोटिङ र दोस्रो चरणको भिडियो आवेदन लिन सुरु गरिने सहआयोजक डिजीपेका पाण्डेले बताउनु भयो ।