२०८३ साउन ९ शनिबार

लकडाउनले छेकेन उद्योगमा लगानी गर्ने क्रम, १५ उद्योगमा भित्रियो करिब पौने ३ अर्ब लगानी

ई आर्थिक    शनिबार, जेष्ठ २४ २०७७
3.7K
Shares
लकडाउनले छेकेन उद्योगमा लगानी गर्ने क्रम, १५ उद्योगमा भित्रियो करिब पौने ३ अर्ब लगानी

ई–आर्थिक, काठमाडौं । विश्वलाई आक्रान्त पारेको कारोना भाइरस कोभिड–१९ ले विश्वकै अर्थतन्त्रलाई कमजोर बनाइरहेको छ । त्यही कारणले नेपालको अर्थतन्त्र खस्किसकेको छ । भएका उद्योग व्यवसायी धरासायी हुने अवस्थामा पुगेको छ । तर यस्तै अवस्थामा समेत उद्योगमा पौने ३ अर्ब हाराहारीमा लगानी भएको छ ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार पछिल्लो एक महिनाको अवधिमा दुई अर्ब ७४ करोड ९० लाख रुपैयाँ बराबरको लगानी भित्रिएको हो । १५ वटा उद्योगमा उक्त रकम बराबरको लगानी भित्रिएको मन्त्रालयले जानकारी दियो ।

यो अवधिमा ११ वटा विभिन्न उद्योगमा ९२ करोड ७० लाख विदेशी लगानी भित्रिएको मन्त्रालयको भनाई छ । त्यस्तै चार वटा नयाँ उद्योगमा एक अर्ब ८२ करोड २० लाख स्वदेशी लगानी भित्रिएको मन्त्रालयले जानकारी दियो ।

त्यसैगरी यो अवधिमा विभिन्न सात उद्योगमा ७२ करोड ७० लाख बराबरको लगानी चीनबाट भित्रिएको छ भने भारत, दक्षिण कोरिया, नेदरल्याण्ड र मलेसियाबाट पाँच÷पाँच करोडको लगानी भित्रिएको मन्त्रालयले जानकारी दिएको छ ।

उद्योग विभागका अनुसार ग्लोबल इनर्जी सोलार प्रालिले ७९ करोड र नेपाल सेरामिक्समा ६६ करोड २० लाख रुपैयाँ लगानी स्वीकृत भइसकेको छ ।

नेपालमा उद्योग स्थापना र सञ्चालनको वातावरण नहुँदा नहुँदै पनि वर्तमान लकडाउनमै उद्योगमा भित्रिएको लगानी उदाहरणीय प्रयास हो । तर सरकारले उद्योगमा लगानीको बातावरण र सुरक्षामा अझै ध्यान नदिएको गुनासो उद्योगीहरुले गर्दै आएका छन् । उद्योगीहरुको समस्या सम्बोधन भए नेपालमा ठूलो मात्रामा लगानी भित्र्याउन सकिने उद्योगीहरुको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij