२०८३ साउन १० आइतबार

जुम्लाको भैरब मावि क्वारेन्टिनमा बसेका एक वृद्धको मृत्यु, कोरोनाले मृत्यु भएको आशंका

ई आर्थिक    शुक्रबार, जेष्ठ २३ २०७७
5.2K
Shares
जुम्लाको भैरब मावि क्वारेन्टिनमा बसेका एक वृद्धको मृत्यु, कोरोनाले मृत्यु भएको आशंका

ई–आर्थिक, काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका–८ स्थित भैरव मावि क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको छ ।
स्थानीय वडाध्यक्ष नरजित दमाईका अनुसार उनी बिहीबार बिहान ११ बजेदेखि सो क्वारेन्टिनमा बस्दै आएका उनको भोलीपल्ट विहानै मृत्यु भएको हो ।

कोरोनाका भाइरसका कारण मृत्यु भएको आशंका गरिएको उनी दमका रोगी थिए । कोरोना परीक्षणका लागि चिकित्सकको टोलीले उनको स्वाब संकलन गरिसकेको छ ।

उनीसहित क्वारेन्टिन स्थलमा बसेका सबै जनाको स्वाब संकलन गरिसकिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको चिकित्सकको टोलीले उनीहरुको स्वाब संकलन गरेको हो ।

बर्दियाबाट जुम्ला बजार आइपुगेका उनी बुधबार साँझ त्यहीँ बसेका थिए । विरामी ती बृद्धलाई उनकै बुहारीले बोकेर क्वारेन्टिन स्थलसम्म पुर्‍याएका थिइन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij