२०८३ साउन ९ शनिबार

बजेट प्रतिक्रिया : कट्टेलले भने ‘उत्साहजनक’, चित्रकारले भने ‘हाम्रो सम्बन्धन जिरो’

ई आर्थिक    शुक्रबार, जेष्ठ १६ २०७७
5.6K
Shares
बजेट प्रतिक्रिया : कट्टेलले भने ‘उत्साहजनक’, चित्रकारले भने ‘हाम्रो सम्बन्धन जिरो’

बजेट उत्साहजनक छ : शिव कट्टेल
अध्यक्ष, राष्ट्रिय उद्योग व्यापार महासंघ

आर्थिक वर्ष २०७७/०७८ को लागि सरकारले ल्याएको यो बजेट सकारात्मक छ । बजेटले सवै क्षेत्रलाई उतिकै राम्रोसँंग समेटेको छ । बजेटको सवैभन्दा राम्रो पक्ष अहिलेको वर्तमान कोरोना संक्रणका लागि विशेष उल्लेख हुनु हो । कोरोना संक्रमण न्युनीकरण तथा नियन्त्रणका लागि ल्याइएको विशेष प्याकेज सराहनीय छ । यसका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा अस्पतालहरुको वन्दोवस्त गर्ने व्यवस्था अति राम्रो देख्छु । घरेलु तथा साना उद्यमीको हिसावले पनि बजेट उत्साहजनक छ । सार्वजनिक यातायातको लागि प्राधीकरण बनाउने कुरा सकारात्मक छ । बेरोजगारलाई तालिम दिने, श्रृण दिने कुरा उल्लेख छ, जुन अति नै राम्रो हो । साथै सहकारीमार्फत काम गर्ने कुरा पनि सराहनीय छ । कृषि उत्पादनको वढावाको लागि काम गर्ने योजना सराहनीय छ । कृषिलाई सहकारीसँंज जोडने कुराले सवैतिर फैलिन सहज हुनेछ । समग्रमा कोरोनाको महामारीको बेला सवै विषयलाई उतिकै ध्यान दिएर आएको यो बजेट स्वागतयोग्य छ । बजेटको कार्यान्वयनको पाटोलाई पनि उतिकै जोडतोडलाई लान सके यसले नयाँं नेपाल बनाउन कुनै कठिनाई हुने थिएन ।

हाम्रो सम्वोधन जिरो : महेन्द्र चित्रकार
अध्यक्ष, नेपाल इटा उद्योग महासंघ


इटा उद्योग नेपालका निकै कम उद्योगहरुमध्येको एउटा आत्मनिर्भर उद्योग हो । सिजनल रुपमा चल्ने यो उद्योग अरु उद्योग भन्दा भिन्न प्रकृतिको छ । यो उद्योगबाट अत्याधिक रोजगारी पाउने उद्योग पनि हो । यो उद्योग अत्याधिक समस्यामा छ । जस्तो कि वर्षमा ६ महिना चल्ने यो उद्योग यस वर्ष जम्मा तीन महिनाजति मात्रै चल्यो ।

लकडाउन, मौसमलगायतका कारण आधाआधी समय मात्रै उद्योग चलाउन पायौं । यसकारण यो उद्योग संकटमा छ । तर यस्तो उद्योगलाई बचाउन यो वर्षको बजेटमा केही पनि कुरो आएन । हाम्रोबारेमा सम्वोधन जिरो नै देखियो । यसवर्षको बजेट हाम्रो लागि कागलाई वेल पाक्यो, हर्ष न विस्मात जस्तै भयो ।

जबकि हामीले बजेट ल्याउन भन्दा अगाडि यो उद्योगलाई बचाउने हो भने यो अति आवश्यक उद्योग भएकाले भ्याट लिनु पाइदैन, आयकरमा कमसेकम ५० प्रतिशत छुट हुनुपर्छ भनी लिखित माग पेश गरेका थियौ । तर त्यसको कुनै सुनुवाइ नै भएको देखेनौ । यो उद्योगलाई जोगाउन विशेष संरक्षण आवश्यक थियो तर केही पनि भएन । यही कारण हाम्रो करोडौको लगानी यतिखेर निकै जोखिममा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij