२०८३ साउन १० आइतबार

स्पेस एक्स प्रक्षेपणको यस्तो छ तयारी, भाडाको यान प्रयोग गरिँदै

ई आर्थिक    सोमबार, जेष्ठ १२ २०७७
5.9K
Shares
स्पेस एक्स प्रक्षेपणको यस्तो छ तयारी, भाडाको यान प्रयोग गरिँदै
अन्तरिक्षयात्रीहरू हर्ली र बेन्कन आफूहरू बसेर उड्ने ड्र्यागनको नाम समेत यसअघिकै परम्परा पछ्याउँदै तय गरेपछि त्यो अझै सार्वजनिक गरिएको छैन

नासाका अन्तरिक्षयात्रीहरू बब बेन्कन र डग हर्लीले यो साता हुने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) तर्फको यात्राका लागि पूर्वाभ्यास गरेका छन् ।

नौ वर्षपछि अमेरिकी भूमिबाट प्रक्षेपण हुने ‘स्पेस एक्स फ्याल्कन रकेट’ र ‘क्रू ड्र्यागन क्याप्स्यूल’ जडित मानवसहितको अन्तरिक्षयान एकै चोटि अन्तरिक्षकक्ष पुग्दैछन् ।

यो क्यालिफोर्नियास्थित अमेरिकी अन्तरिक्ष कम्पनीबाट अमेरिकी अन्तरिक्ष संस्था नासाले किन्न लागेको नयाँ ‘ट्याक्सी’ सेवाको प्रदर्शन हुनेछ । बुधवार स्थानीय समयानुसार साँझको ४:३३ बजे उक्त प्रक्षेपण हुँदैछ ।

यद्यपि फ्लोरिडास्थित केनिडी अन्तरिक्ष केन्द्रवरपरको मौसमका कारण त्यसमा केही परिवर्तन हुन सक्छ ।

स्पेसएक्स
हर्ली र बेन्कन नियन्त्रण कक्षदेखि प्रक्षेपण हुने ठाउँसम्म स्पेससूट लगाएर जाने परम्परालाई निरन्तरता दिए

शनिवार गरिएको पूर्वानुमानअनुसार प्रक्षेपणका बेलाअनुकूल मौसम हुने सम्भावना ४० प्रतिशत देखिएको थियो । त्यस क्षेत्रमा बाक्लो बादल, वर्षा र चट्याङ पर्न सक्ने प्रबल सम्भावना भएको बताइएको छ।

यदि बुधवार अनुकूल परिस्थिति नभएमा शनिवार दोस्रो प्रयास गरिने जनाइएको छ ।

तयार

हर्ली र बेन्कन अहिले अन्तरिक्ष यात्राका लागि तयार भएर बसेका छन् । सप्ताहान्तमा भएको ‘ड्राई ड्रेस’ पूर्वतयारीमा उनीहरू स्पेससूट लगाएर टेस्ला कारमा बसी केनिडी केन्द्रको प्रसिद्ध प्रक्षेपण परिसर ‘३९ए’ सम्म पुगेका थिए।

अन्तरिक्ष यात्रीहरू हर्ली र बेहन्कन

उनीहरूको स्पेस एक्स फ्याल्कन-९ रकेट बिहीवारदेखि त्यहाँ ठडिएको छ । अन्तरिक्षयात्रीहरू त्यसपछि लिफ्टको सहायताले क्याप्स्यूल अर्थात् उनीहरू बस्न तयार पारिएको ठाउँसम्म पुगेका थिए ।

त्यस प्रक्रियामा अन्य सबै सम्बद्ध कर्मचारीहरू पनि सहभागी भएका थिए ।

किन खिचियो धेरैको ध्यान ?

यस अभियानले अहिले धेरैको ध्यान खिचिएको छ । सन् २०११ मा द स्पेस शटल्स भनिने अन्तरिक्षमा यान पठाउने प्रणाली बन्द गरिएपछि अमेरिकाले आफैँले अन्तरिक्षयात्री पठाएको छैन।

सन् २०११ मा द स्पेस शटल्स भनिने अन्तरिक्षमा यान पठाउने प्रणाली बन्द गरिएपछि अमेरिकाले आफैले अन्तरिक्षयात्री पठाएको छैन

पछिल्ला नौ वर्षमा उसले रुसको ‘सोयुज रकेट एन्ड क्याप्स्यूल’ प्रणाली प्रयोग गर्ने गरेको थियो । नासाले स्पेस एक्स र विमान निर्माता कम्पनी बोइङलाई स्पेस शटल्सको विकल्प बन्ने अवसर दिएको थियो ।

भाडाको यान

यस पटकको भिन्नता भनेकै नासाले आफ्नो अन्तरिक्षयान नभई अरूको भाडामा लिएर उड्न लागेको हो। यो टिकट किनेर यात्रा गरे जस्तै हो । स्पेश एक्स र बोइङ दुवैले आफ्ना सेवाहरू अन्य अन्तरिक्ष निकाय, कम्पनी र व्यक्तिहरूलाई समेत विक्री गर्न पाउनेछन् ।

हर्ली र बेहन्कनहर्ली र बेन्कन बुधवार क्याप्स्यूलमा पुग्दा त्यो साँच्चिकै अन्तरिक्ष यात्राको लागि हुनेछ

अन्तरिक्षयात्रीहरू हर्ली र बेन्कन आफूहरू बसेर उड्ने ड्र्यागनको नाम पनि यसअघिकै परम्पराअनुरूप दिइएको छ । उक्त नाम बुधवार नै सार्वजनिक गरिनेछ।

बुधवार स्थानीय समयानुसार साँझ ४:३३ बजे उक्त प्रक्षेपण हुँदैछ, तर मौसमको अनुकुलताले त्यसको अन्तिम टुङ्गो लाग्नेछबुधवार स्थानीय समयानुसार साँझ ४:३३ बजे उक्त प्रक्षेपण हुँदैछ, तर मौसमको अनुकुलताले त्यसको अन्तिम टुङ्गो लाग्नेछ
सन् २०११ मा द स्पेश सटल्स भनिने अन्तरिक्षमा यान पठाउने प्रणाली बन्द गरिएपछि अमेरिकाले आफैले अन्तरिक्षयात्री पठाएको छैन।सन् २०११ मा द स्पेस शटल्स भनिने अन्तरिक्षमा यान पठाउने प्रणाली बन्द गरिएपछि अमेरिका आफैँले अन्तरिक्षयात्री पठाएको छैन

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij