ई–आर्थिक, काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा आवद्ध आर्थिक पत्रकारहरुको कोरोना वीमा गरिएको छ । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडमार्फत सेजनमा आवद्ध सदस्यहरुको कोरोना बीमा गरिएको हो ।
सेजनले आफ्ना प्रत्येक सदस्यहरुको पचास हजार रुपैयाँ बराबरको वीमांक रकमको कोरोना वीमा गराएको छ । बीमापछि सेजनमा आवद्ध विभिन्न सञ्चार माध्यममा कार्यरत आर्थिक पत्रकारहरुलाई कोरोनाले पर्ने आर्थिक व्ययभारमा कम जोखीम हुने भएको छ ।
युनाईटेड इन्स्योरेन्सले यस बन्दावन्दीको अवधीमा डिजिटल प्रविधिको माध्यमवाट बीमा सेवा प्रवाह गरिरहेको जनाएको छ ।
कम्पनीका अनुसार हाल आफ्नो २९ वटै शाखा कार्यालयमार्फत मोटर, वीमा अग्नी वीमा, इन्जीनियरिङ्ग वीमा, कृषि तथा पशुपन्छी वीमा लगाएतका वीमा लेखहरु जारी गर्दै आएको छ ।