२०८३ साउन १० आइतबार

आज नीति तथा कार्यक्रम, कृषि उत्पादन र स्वास्थ्य पूर्बाधारमा जोड

ई आर्थिक    शुक्रबार, जेष्ठ २ २०७७
6.5K
Shares
आज नीति तथा कार्यक्रम, कृषि उत्पादन र स्वास्थ्य पूर्बाधारमा जोड

ई–आर्थिक, काठमाडौं । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछिन । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सार्बजनिक गरिने नीति तथा कार्यक्रममा मूलतः कृषि र स्वास्थ्य प्राथमिकतामा पर्ने बताइएको छ ।

संसद सचिवालयका अनुसार राष्ट्रपति भण्डारीले अपराह्न चार बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन् । कार्यसूची अनुसार संघीय संसद सचिवालयका तर्फबाट सबै तयारी पूरा भएको र विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका सबै मापदण्ड पूरा गरी, स्वास्थ्य टोलीको सुझाव अनुसार दुरी कायम गरेर बसाइ व्यवस्थापन मिलाइएको छ ।

कोरोना संक्रमणको महामारीबीच आउन लागेको नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा राखिएको छ । यही नीति तथा कार्यक्रमकै आधारमा जेठ १५ गते सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्याउने छ । नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी सिर्जना र अर्थतन्त्र पुनरुत्थानमा जोड दिइएको छ ।

नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरी स्वास्थ्य सेवाका उपकरण र पूर्वाधार विस्तारमा जोड दिइएको छ । नीति तथा कार्यक्रम मानवीय स्वास्थ्य, कृषि उत्पादन वृद्धि, साना तथा मझौला उद्योग, पर्यटन, सामाजिक सुरक्षा, रोजगारी सिर्जना, विपन्न समुदाय, निजी क्षेत्रलाई प्रोत्साहन दिने किसिमको हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij