२०८३ साउन ९ शनिबार

नेपालमा सरकारको नेतृत्वमा खिचातानी, इजरायलमा बन्यो राष्ट्रिय सहमतिको सरकार

ई आर्थिक    बिहिबार, जेष्ठ १ २०७७
3.9K
Shares
नेपालमा सरकारको नेतृत्वमा खिचातानी, इजरायलमा बन्यो राष्ट्रिय सहमतिको सरकार

सरकारमा विपक्षी दलले पनि आलोपालो नेतृत्व गर्ने, नेतान्याहु पाँचौपटक प्रधानमन्त्री बने

ई–आर्थिक, काठमाडौं । कोरोना भाइरसले विस्तारै गाँज्दै गएको नेपालमा सरकारमा नेतृत्व गर्ने विषयमा खिचातानी भइरहेको छ । यसैबीच इजरायलमा भने राष्ट्रिय सहमतिको सरकार बनेको छ । इजरायलमा कोरोना भाइरस विरूद्ध लड्ने भन्दै प्रतिपक्षी सहितको राष्ट्रिय सहमतिको सरकार बनेको हो ।

कोरोना कहरको बेला देशलाई स्थीर सरकार चाहिएको भन्दै राष्ट्रिय सहमतिको सरकार बनाएका हुन ।

कोरोना भाइरस संकटका बीच बेन्जामिन नेतान्याहु फेरि एक पटक इजरायलको प्रधानमन्त्री बनेका छन् । राजनीतिक गठबन्धनको आधारमा उनले प्रधानमन्त्री बन्ने अवसर पाएका हुन् । भ्रष्टाचारको आरोप लागेको उनी तीन पटकको चुनावमा बहुमत पाएका थिएनन् । उनी इजरायलमा पाँचौ पटक प्रधानमन्त्री भएका छन् ।
प्रधानमन्त्रीको रुपमा उनको यो लगातार चौथो कार्यकाल हो ।

इजरायलको पछिल्लो चुनावमा नेतान्याहुको पार्टी लिकुड र विपक्षी नेता बेनी गात्जको पार्टी ब्लु एण्ड ह्वाइट दुवैले बहुमत पाउन सकेका थिएनन् । तर अहिले दुवै दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । त्यसै अनुसार मिलिजुली सरकार पनि गठन गरेका छन् ।

लिकुड पार्टीका नेता नेतान्याहु र विपक्षी ब्लु एण्ड ह्वाइट पार्टीका नेता बेनी गात्जले सरकार चलाउने विषयमा १४ पृष्ठ लामो सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij