२०८३ साउन ९ शनिबार

कोरोनाभाइरस सङ्क्रमितको संख्या ४१ लाख १ हजार ९ सय ७४ पुग्यो, सबैभन्दा बढी अमेरिकामा मरे

ई आर्थिक    आइतबार, बैशाख २८ २०७७
4.6K
Shares
कोरोनाभाइरस सङ्क्रमितको संख्या ४१ लाख १ हजार ९ सय ७४ पुग्यो, सबैभन्दा बढी अमेरिकामा मरे

ई–आर्थिक, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४१ लाख १ हजार ९ सय ७४ पुगेको छ । कोरोनाभाइरस सङ्क्रमणसँग सम्बन्धित तथ्याङ्क सङ्कलन तथा प्रकाशन गर्दै आएको वल्र्डोमिटरका अनुसार उक्त भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ८० हजार ४ सय ५१ पुगेको छ । यो भाइरसबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ ।

अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या ८० हजार ३७ जना पुगेको छ । जुन विश्वभरको तथ्यांकको एक चौथाई हो । विशेषज्ञहरूले कैयौँ देशमा पर्याप्त परीक्षण नभएकाले सङ्क्रमणको सङ्ख्या कम देखिएको हुनसक्ने बताएका छन् ।

स्पेनसहित कतिपय देशमा दैनिक रूपमा हुने सङ्क्रमणमा कमी आएको छ । तर लकडाउन खुकुलो पारिँदा ‘दोस्रो चरणको सङ्क्रमण’ देखिने खतरा बढ्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

त्यसका अतिरिक्त कोरोनाभाइरस महामारीका कारण विश्वव्यापी बजार र आपूर्ति प्रणाली प्रभावित भएपछि त्यसबाट विश्वभरि अर्थतन्त्र प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij