ई-आर्थिक, काठमाडौं। निम्बसले आफ्नो अनलाइन सपिङ सेवालाई काठमाडौं बाहिर विस्तार गरेको छ।
खाद्य उत्पादन तथा व्यापारमा सहभागी व्यावसायिक समू निम्बसले कोरोना महामारीको अवधिमा सुरु गरेको निम्बस बजारको सेवा अब बिरगञ्जमा पनि उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ।
सुरुवातको एक महिनाभित्रै काठमाडौंमा राम्रो प्रतिक्रिया पाएपछि बाहिर पनि सेवा विस्तार गरिएको कम्पनीले जानकारी दिएको छ। उपभोक्ताका लागि सहज वस्तु उपलब्धताका लागि सेवालाई अझै परिस्कृत गर्दै जाने निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले जानकारी दिए।
ग्राहकले अर्डर गरेको सामग्री सुरक्षित तरीकाले डेलिभरीको व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ।वितरण लगायतका
सम्पूर्ण प्रत्यक्ष र अप्रत्यक्ष कर्मचारीहरुलाई समेत व्यक्तिगत स्वास्थ्य, स्वस्थकर अभ्यास र बाराम्बार साबुनपानीले हात धुने तथा सेनिटाइजर प्रयोग गर्ने बिषयमा निरन्तर प्रशिक्षण दिँदैं आएको जनाएको छ ।
त्यस्तै, कर्मचारीहरुलाई मास्क,पन्जा, सेनिटाइजर आदि उपलब्ध गराउनुका साथै डेलिभरीको समयमा आवश्यक सामाजिक दुरी कायम राखेको साथै कम्पनीले आफ्ना सबै कर्मचारीहरुलाई शिखर इन्स्योरेन्ससँगको सहकार्यमा कोभिड इन्सुरेन्स प्रदान गरेको छ।