ई–आर्थिक, उदयपुर : क्वारेन्टाइनमा बसेका एक युवाले बिहीबार राती झुण्डिएर आत्महत्या गरेका छन् । उदयपुरको रौतामाई गाउँपालिका(७ गुराँसेका १८ वर्षीय सुमन विकले उनी बसेको क्वारेन्टाइनस्थलमै झुण्डिएर आत्महत्या गरेका हुन् । उनी जनता क्याम्पस रौतामाई ७ राजाबास क्वारेन्टनाइनमा एक सातादेखि श्रमतीसहित एउटै कोठमामा बस्दै आएका थिए ।
राती श्रीमती सुतिसकेपछि सलमा पासो लागि आत्महत्या गरेको प्रहरीको भनाई छ । आत्महत्याको अन्य कारण भने भने खुल्न सकेको छैन । क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिले भने उनीहरुबीच नियमित झगडा हुँदै आएको स्थानीय प्रशासनले जानकारी दिएको छ । प्रेम विवाह गरी काठमाडौं पुगेका विक यही बैशाख ११ गते घर फर्किएपछि क्वारेन्टाइनमा राखिएको थियो ।