२०८३ साउन १० आइतबार

कियाले वारेन्टी सुविधा लिने अवधि थप्यो

ई आर्थिक    सोमबार, बैशाख १५ २०७७
7K
Shares
कियाले वारेन्टी सुविधा लिने अवधि थप्यो

ई-आर्थिक, काठमाडौं। कोरियाली अटो निर्माता कियाले कोभिड–१९ का कारण वारेन्टी सुविधाअन्तर्गत गाडी मर्मत गराउन नपाएका ग्राहकलाई लक्षित गरी किया प्रोमिस नामको योजना ल्याएको छ ।

योजनाअन्तर्गत कम्पनीले सन् २०२० को फेब्रुअरीदेखि अप्रिलसम्मा वारेन्टी अवधि सकिएका ग्राहकलाई वारेन्टीअन्तर्गत नै गाडी मर्मत गर्ने सुविधा दिने नेपालका लागि कियाको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले जनाएको छ ।

कोभिड–१९ रोग निम्त्याउने नोभेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु गरिएसँगै संसारका अधिकांश मुलुकका व्यावसायिक प्रतिष्ठान बन्द छन् । लकडाउन र अत्यावश्यकबाहेकको आवागमनमा प्रतिबन्धका कारण कियाका सोरुम र सर्भिस सेन्टरहरू पनि बन्द छन् । सोरुमहरू खुला रहेको ठाउँमा पनि ग्राहकहरू सोरुमसम्म पुग्न नसक्दा वारेन्टी सुविधाअन्तर्गत गाडी मर्मत गराउनबाट वञ्चित छन् । तिनै ग्राहकलाई वारेन्टी सुविधा दिन कम्पनीले किया प्रोमिस कार्यक्रम सार्वजनिक गरेको कन्टिनेन्टलले जनाएको छ । आगामी जुनसम्ममा वारेन्टीअन्तर्गत गाडी मर्मत गराउने सुविधा दिने कम्पनीले जनाएको छ ।

सो अवधिमा किया सोरुम र सर्भिस सेन्टर पुग्न नपाएका अथवा सर्भिस सेन्टर बन्द भएका कारण सुविधा लिन नपाएका ग्राहकहरूमा मात्र यो अफर लागू हुने कम्पनीको भनाइ छ । यस्ता ग्राहकले आगामी जुनभित्र किया डिलरमा गएर मर्मतका लागि आग्रह गरिसक्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij