२०८३ साउन १० आइतबार

जनता समाजवादी दल दर्ता रोक्न सत्तारुढ दल निकट युवा संगठनको निवेदन

ई आर्थिक    आइतबार, बैशाख १४ २०७७
10.5K
Shares
जनता समाजवादी दल दर्ता रोक्न सत्तारुढ दल निकट युवा संगठनको निवेदन

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजबादी पार्टी नेपालको दल दर्ता प्रक्रिया रोक्न निर्वाचन आयोग समक्ष माग गरेको छ ।

सत्तारुढ दल नेकपा निकट सो युवा संगठनले आज निर्वाचन आयोगमा एक निवेदन दर्ता गराई यस्तो माग गरेको हो ।

संगठनका सह–संयोजक रमेश पौडेलले अनुसार उक्त पार्टीको उद्देश्यमा ‘बहुराष्ट्रिय राज्य’ कायम गर्ने भन्ने उल्लेख भएकाले यो संविधानको भावना विपरित भएको हुँदा यस्तो निवेदन दिएको जानकारी दिए । सह–सयोजक पौडेलका अनुसार प्रस्तावित उद्देश्य संविधानको धारा १, २, ३, ४, ५ र २६९ को उपधारा ५ विपरित रहेको छ ।

त्यसैगरी प्रस्तावित दलले प्रस्ताव गरेको झण्डा संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र बुर्किना फासोको राष्ट्रिय झण्डासँग मेल खाने भएकाले पनि परराष्ट्र सम्बन्धमा प्रतिकुल असर पर्ने हुँदा दल दर्ता प्रक्रिया राकिदिन माग गरिएको छ । संघका तर्फबाट अमित लामा र अधिवक्ता विपिन ढकालले सो निवदेनमा हस्ताक्षर गरेका छन् ।

मधेशी दल विभाजन गर्ने उद्देश्यले सरकारले राजनीति दल सम्बन्धि अध्यादेश ल्याएपछि गएको विहीवार समाजवादी पार्टी र राजपाबीच एकिकरण भएको थियो ।
एकिकरण भएर गठन भएको जनता समाजवादी दल दर्ताको लागि निर्वाचन आयोगमा निवदेन दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij