२०८३ साउन ११ सोमबार

प्रधानमन्त्री केपी ओलीको याचना ‘मलाई बजेट ल्याउन दिनुहोस’

ई आर्थिक    आइतबार, बैशाख १४ २०७७
25.2K
Shares
प्रधानमन्त्री केपी ओलीको याचना ‘मलाई बजेट ल्याउन दिनुहोस’

ई–आर्थिक, काठमाडौं । सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई नयाँ आर्थिक बर्षको बजेट ल्याउन दिन पार्टीका शीर्षस्थ नेताहरुसँग याचना गरेका छन् । पार्टी र संसदीय दल दुबैमा माधब नेपाल–प्रचण्ड समूहभन्दा निकै कमजोर रहेका ओलीले आफूबिरुद्ध अबिश्वासको प्रस्ताब आउन सक्ने कुरालाई ध्यानमा राखेर यस्तो याचना गरेको स्रोतले जानकारी दिएको छ ।

राजनीति दल र संबैधानिक परिषदसम्बन्धी अन्यन्त बिबादित अध्यायदेश ल्याएर सरकार र पार्टीकै छबि धुलिसात बनाएपछि पार्टी सचिबालय र स्थायी समितिले उन्लाई हटाउने सम्बन्धमा छलफल गरिरहेको छ । यसका लागि बहुमत स्थायी समितिले बैठक माग गरिसकेका छन् । उक्त बैठक सार्न ओलीले शनिबार सचिबालयका शीर्षस्थ नेताहरुसँग छलफल गरेका थिए । तर नेताहरुले पार्टी बिधान देखाउँदै स्थायी समितिको बैठक गर्नैपर्ने भनेर दबाब दिएका थिए ।

बिधानमा कुनै पनि कमिटिका एक तिहाई सदस्यले लिखित रुपमा बैठकको माग गरेमा बैठक बोलाउनु पर्ने प्रष्ट ब्यबस्था छ । स्थायी समितिको दुई तिहाईले ओलीको राजीनामा माग गर्ने योजना छ । बहुमत सदस्यले राजीनामा माग गरे ओली निकै ठूलो संकटमा पर्नेछन् । यही बुझेर उनले स्थायी समिति टार्ने योजना बनाइरहेका छन् ।

ओली सचिबालय, स्थायी समित र केन्द्रीय कमिटि सबैमा निकै ठूलो अन्तरले अल्पमतमा छन् । ९ सदस्यीय सचिबालयमा ओलीसँग २ जना मात्र छन् भने रामबहादुर थापा बिचमा छन् । ४६ सदस्यीय स्थायी समितिमा १७ जना ओलीको पक्षमा छन् भने ४४६ सदस्यीय केन्द्रिय कमिटिमा ओलीको पक्षमा ३१ प्रतिशत मात्र सदस्य छन् । माधब–प्रचण्ड समूह संसदीय दलमा पनि ठूलो बहुमतमा छन् । १७४ जनाको संसदीय दलमा ओलीको ६७ जना मात्र छन् ।

आफ्नो अडानमा रहे अबिश्वासको प्रस्ताब समेत ल्याउने बुझेर ओलीले बजेट पेश गर्न दिनुस भनेको स्रोतले बताएको छ । बजेट जेठ १५ गते प्रस्तुत हुने छ । समय मागेर माधब र प्रचण्ड समूहमा बिभाजना ल्याउने ओलीको योजना छ । तर यो योजना भने नेपाल प्रचण्ड समूहले बुझेका छन् ।

अध्यायदेश फिर्ता गरे पनि ओलीले गल्ती भएको स्वीकार गरेका छैनन् । बरु आफ्नो निर्णय बचाउ गरिरहेका छन् । नेकपा सरकारले गणतान्त्रिक ब्यबस्थामा पनि सांसद खरिद बिक्री र अपहरण गरेर ब्यबस्थालाई नै कलंकित बनाएको आरोप पनि ओलीमाथि लागेको छ । यसमा पनि पार्टीले ओलीसँग स्पष्टीकरण माग गरेको छ । यसरी नैतिक संकटमा फसेपछि ओली अहिले अत्यन्तै रक्षात्मक बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij