२०८३ साउन १२ मंगलबार

भरोसा अस्पतालले ब्याण्डेज नखोलिदिंदा भाँचिएको हात झण्डै कुहियोे, किराना पसल बन्यो अस्पताल, ब्यापारी बने डाक्टर

ई आर्थिक    शनिबार, चैत्र २९ २०७६
32K
Shares
भरोसा अस्पतालले ब्याण्डेज नखोलिदिंदा भाँचिएको हात झण्डै कुहियोे, किराना पसल बन्यो अस्पताल, ब्यापारी बने डाक्टर

ई–आर्थिक, काठमाडौं । अस्पतालको नाम भरोसा छ । भरोसा अर्थात बिश्वास । तर आजभोली भने भरोसा अस्पाताल विरामीको ‘भरोसा’ बनिरहेको छैन् । अस्पताल आफैले लगाएको ब्याण्डेज समयमा नखोलिदिंदा एक विरामीको हात झण्डै कुहिने अवस्थामा पुगेको छ ।

एक मोटरसाइकलले ठक्कर दिएर हात भाँचिएपछि बानेश्वर १० देबीनगर बस्ने भोला चौंलागाईले फागुन १२ गते सोही अस्पतालमा गएर ‘ब्याण्डेज’ गराएका थिए । ४ हप्तापछि ब्याण्डेज खोल्न आउनु भनिएको थियो । तर यस अबधिमा लक डाउन सुरु भएपछि अस्पतालले डाक्टर नआउनु भएको भन्दै इमरजेन्सी बाहेक सेवा नभएको बतायो ।

करिब १ महिनामै खोल्नुपर्ने ब्यान्डेज दुई महिना हुन लागेपछि हातमा समस्या आउन थाल्यो । दुखाई बढ्दै गयो र असैह्य हुन थाल्यो । भाँचिएको भन्दा माथिको भागमा पनि निकै समस्या आउन थाल्यो । हुदाहुदै घाउबाट दुर्गन्ध पनि आउन थाल्यो । स्वास्थ्य क्षेत्रका केही साथीहरुसँग सल्लाह गर्दा भाँचिएको स्थानमा घाउ भएर यस्तो भएको हुन सक्ने र तुरुन्त ब्याण्डेज खोल्न भने ।

तर डाक्टरको अभाव देखाउँदै अस्पतालले ब्याण्डेज खोलिदिन अस्विकार ग¥यो । लामो समयदेखिको ब्याण्डेजले समस्यामा परेको थाहा पाएपछि काठमाडौंको बानेश्वर १० देबीनगरका कृतिका एण्ड प्रसान स्टोरका व्यापारी पुरनचन्द्र पाठकले निकै जोखिमपूर्ण ढंगले खोलिदिए ।

दारी खौरने सामान्य ब्लेडको साहाराले उनले आधा घण्टा लगाएर उक्त ब्यान्डेज खोलिदिएका थिए । नेपाली सेनावाट रिटायर्ड व्यापारी पाठकले आर्मी अस्पतालमा स्थास्थ्य सम्बन्धि काम गरेको अनुभवले पनि उक्त काममा सहज भएको बताए । ‘रातभरको असह्य दुखाइ सुनाएपछि पाठकजीले खोलिदिने कुरा गर्नुभयो ।’ विरामी चौलागाईले भने– ‘डाक्टर, नर्सले झै सहजै ढंगले व्यान्डेज खोलिदिएपछि आनन्द भयो ।’

मोटरसाइकलमा सवार चौलागाईलाई पछाडिबाट आएको बुलेट मोटरसाइकलले मैतीदेवी नजिकै खोलामा ठक्कर दिएर फरार भएको थियो । फागुन १२ गते उनले भरोसा अस्पतालमा गएर भाँचिएको हातमा व्यान्डेज लगाएका थिए ।

भनिन्छ, विरामीको लागि अस्ताल र डाक्टर भगवान सरह हुन् । तर डाक्टर र अस्पतालले नै विरामीको सेवा नगरेपछि अहिले देशभरका विरामीहरू चौलागाई जस्तै मर्कामा परेका छन् । सरकारी र निजी अस्पतालले दुबैले इमेरजेन्सी वाहेकका विरामीलाई सेवा नदिने भएपछि यसअघि उपचार गराएका कतिपय विरामीहरु गम्भीर समस्यामा पर्न थालेका छन् ।

लक डाउनअघि अप्रेशन गरेका, ब्याण्डेज गरेका वा कुनै जटिल प्रकारको उपचार गराएका बिरामीहरुको लागि एक पटक भए पनि फ्लोअपको सुबिधा दिनतिर सरोकारवालाले ध्यान नदिने हो भने कतिको ज्यान जोखिममा पर्न सक्नेतर्फ बेलैमा ध्यान जान आवश्यक छ ।

विस्तृत भिडियो रिपोर्टिङमा हेर्नुहोला

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij