२०८३ साउन ९ शनिबार

कोभिड – १९ : एम्बुलेन्स तयारी अवस्थामा

ई आर्थिक    सोमबार, चैत्र १७ २०७६
4.8K
Shares
कोभिड – १९ : एम्बुलेन्स तयारी अवस्थामा

ई आर्थिक, बैतडी । कोरोना भाइरस (कोभिड–१९०) को सम्भावित जोखिम रोकथाम गर्न यहाँ ११ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ ।

स्थानीय तहका ८, जिल्ला अस्पतालको २ र शहिद दशरथचन्द स्मृती प्रतिष्ठानको १ एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुुभयो । उहाँले भन्नुभयो“ कोरोना भाइरसका सम्भावित बिरामीका बारेमा खबर पाउने बित्तिकै तत्कालै उद्धार गरेर अस्पताल लगिने व्यवस्था मिलाइएको छ । ”

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले सबै एम्बुलेन्सका चालकलाई आवश्यक सुरक्षा सामग्रीसमेत प्रदान गरिएको जानकारी दिनुभयो । जिल्ला अस्पताल डा वसन्तराज जोशीले भन्नुभयो“एम्बुलेन्समा चालक र बिरामीबीच कुनै सम्पर्क नहुने गरेर सम्भावित कोरोना सङक्रमित मात्रै बोक्न तयारी अवस्थामा राखिएका हुन् । ”

त्यस्तै एम्बुलेन्स चालकलाई सुरक्षित सामग्री लगाउने तरिका र सो भाइरसका सम्भावित बिरामीसँंग गर्ने व्यवहारका बारेमा तालिमसमेत प्रदान गरिएको छ । अहिले जिल्लामा सो भाइरसका सम्भावित बिरामी भेटिएका छैनन् ।

भारत तथा अन्य मुलुकबाट जिल्ला फर्केकालाई यहाँका स्थानीय तहले क्वारेन्टाइमा राखी दैनिक स्वास्थ्य जाँच गर्न थालेका जनाइएको छ ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij