२०८३ साउन ९ शनिबार

कोरोनाभाइरस सङ्क्रमित सबैभन्दा बढी अमेरिकामा, संक्रमितको संख्यामा अमेरिकाले उछिन्यो चीन र इटालीलाई

ई आर्थिक    शुक्रबार, चैत्र १४ २०७६
5.6K
Shares
कोरोनाभाइरस सङ्क्रमित सबैभन्दा बढी अमेरिकामा, संक्रमितको संख्यामा अमेरिकाले उछिन्यो चीन र इटालीलाई

ई–आर्थिक, काठमाडौं । कोरोनाभाइरस संक्रमितको संख्या अमेरिकामा भन्दा बढी देखिएको छ । सङ्क्रमणका पछिल्ला तथ्यांक अनुसार अब सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा पुगेको छ ।

अमेरिकामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय पुगेको जन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । चीनमा कुल सङ्क्रमितको सङ्ख्या ८२ हजारभन्दा कम छ भने इटलीमा ८० हजार रहेको छ ।

ठूलो सङ्ख्यामा सङ्क्रमित पाइएको बारे सोधिएको प्रश्नमा राष्ट्रपति डोनल्ड ट्रम्पले यो धेरै परीक्षण गरेको कारण भएको बताए ।
राष्ट्रियस्तरमा आवश्यक औषधोपचार सामग्री नभएका गुनासोलाई उनले अस्वीकार गरेका छन् ।

आफ्नो प्रशासनले आपतकालीन आपूर्तिबारे बिग्रिएको प्रणाली बिरासतमा पाएको उनले बताए । विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघेको छ ।

इटलीमा दुई दिनको तुलनामा फेरि मर्नेहरूको सङ्ख्या बढेको छ । त्यहाँ पछिल्लो एक दिनमा ७१२ जनाको ज्यान गएको छ । फ्रान्समा एक दिनमा ३६५ जनाको ज्यान गएको छ भने युकेमा पनि एकै दिनमा पहिलो पटक एक सयभन्दा धेरैको ज्यान गएको छ ।

संसारभरि सङ्क्रमितको सङ्ख्या पाँच लाख पुग्नु गम्भीर कोशेढुङ्गा भएको छ । तर विज्ञहरू भन्छन् वास्तविक सङ्ख्या अझै धेरै हुन सक्छ किनकी कैयन् देशमा औपचारिक रूपमा घोषणा गरिएका सङ्क्रमितको सङ्ख्याभन्दा वास्तविक सङ्ख्या निकै धेरै हुनसक्ने देखिएको छ ।

संसारका १८० भन्दा बढि देशमा यो रोग फैलिसकेको छ । करिब २३ हजार मानिसको ज्यान गइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij