२०८३ साउन ९ शनिबार

कोरोनाभाइरस सङ्क्रमणका कारण चीनभन्दा स्पेनमा धेरै मानिसको मृत्यु

ई आर्थिक    बिहिबार, चैत्र १३ २०७६
7.2K
Shares
कोरोनाभाइरस सङ्क्रमणका कारण चीनभन्दा स्पेनमा धेरै मानिसको मृत्यु

ई आर्थिक, काठमाडौं । कोरोनाभाइरस सङ्क्रमणका कारण स्पेनमा मर्नेहरूको सङ्ख्या चीनको भन्दा धेरै पुगेको छ।

त्यहाँ बितेको एक दिनमा थप ७३८ जना सहित कुल ३४ सय मानिसले कोभिड-१९ का कारण ज्यान गुमाएको खबर बीबीसी्मा उल्लेख छ।

चीनको भन्दा त्यो १५० जनाले धेरै हो। चीनमा ८१ हजारमा सङ्क्रमण फैलिएपनि ज्यान गुमाउनेको सङ्ख्या ३२ सयभन्दा केही बढी बताइएको छ।

उक्त रोगबाट सबभन्दा धेरै इटलीमा मरेका छन्। त्यहाँ सात हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका छन्।

स्पेनकी उपप्रधानमन्त्री पनि सङ्क्रमित
स्पेनकी उपप्रधानमन्त्री कार्मेन काल्भोलाई पनि भाइरस सङ्क्रमण देखिएपछि अस्पताल लगिएको छ।

स्पेनमा खासगरि राजधानी मड्रिड सबैभन्दा प्रभावित भएको छ भने उत्तरपूर्वी क्याटलोनियामा पनि तीव्र गतिमा सङ्क्रमण बढिरहेको छ।

त्यहाँका सांसदहरूले देशमा लगाइएको आपतकालीन स्थितिलाई थप दुई साताले बढाएर अप्रिल ११ सम्म पुर्‍याउन मतदान गर्दैछन्।

ती नियम अनुसार मानिसहरूलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। उनीहरू केवल अत्यावश्यक सामान किनमेल गर्न वा कामका लागि निस्कन पाउँछन्।

विश्वभरिको पछिल्लो आँकडा अनुसार हालसम्म चार लाख साठी हजार मानिसमा सङ्क्रमण पाइएको छ।

बिस हजारभन्दा धेरैको ज्यान गइसकेको छ।

साथै एक लाख दश हजार जना भने निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij