२०८३ साउन ९ शनिबार

खाद्य उत्पादन तथा आपूर्ति नरोकिने, समस्या भए कसलाई सम्पर्क गर्ने?

ई आर्थिक    बुधबार, चैत्र १२ २०७६
5K
Shares
खाद्य उत्पादन तथा आपूर्ति नरोकिने, समस्या भए कसलाई सम्पर्क गर्ने?

ई आर्थिक, काठमाडौं। सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को अवधिमा खाद्य उत्पादन तथा आपूर्ति नरोकिने जनाएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सूचना जारी गरी लकडाउनको अवधिमा दैनिक जीवनमा आवश्यक पर्ने खाद्यवस्तुको उत्पादन तथा आपूर्ति सञ्चालन राख्न सम्बद्ध पक्षलाई आग्रह गरेको मन्त्रालयका उपसचिव डा गङ्गादत्त आचार्यले जानकारी दिनुभयो ।

महामारीको जोखिमबाट बच्न जारी गरिएको लकडाउनको आदेश पालना गर्दै आधारभूत खाद्यवस्तुको उत्पादन तथा आपूर्तिसमेत सञ्चालनमा राख्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “आधारभूत खाद्यान्न, तरकारी, दूध, फलफूल, माछामासु, अण्डा तथा पशुपक्षीको दाना र आहारा, कुखुराका चल्लाको उत्पादन, ढुवानी एवं बिक्री वितरण सञ्चालन रहने जानकारी गराइन्छ ।”

आधारभूत खाद्यवस्तुको उत्पादन र आपूर्तिमा समस्या आए कृषि तथा पशुपक्षी मन्त्रालय र पशु सेवा विभागमा जानकारी गराउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले खाद्यवस्तु आपूर्तिमा समस्या भए मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीको मोबाइल नं ९८४१४०१२८७ र पशु सेवा विभागका महानिर्देशक डा वंशी शर्माको मोबाइल नं ९८५१०६७३८७ मा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij