२०८३ साउन ९ शनिबार

न्यूयोर्कमा ‘बुलेट ट्रेनको गतिमा’ सङ्क्रमण फैलँदो

ई आर्थिक    बुधबार, चैत्र १२ २०७६
5.2K
Shares
न्यूयोर्कमा ‘बुलेट ट्रेनको गतिमा’ सङ्क्रमण फैलँदो

न्यूयोर्क : न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यु कोमोले कोभिड–१९ बुलेट ट्रेनु भन्दा तीव्र गतिमा फैलिरहेको भन्दै औषधोपचार सामग्रीको आपूर्तिका लागि अपिल गरेका छन् । मङ्गलवार पत्रकारहरूसँग बोल्दै उनले सङ्क्रमणको उच्चदर सोचेकोभन्दा उच्च र चाँडो भइरहेको बताए ।

संघीय सरकारले आवश्यक सामग्री पठाउन नसकेको उनले गुनासो गरे । संघीय सरकारले चार सय भेन्टिलेटर पठाएको प्रति पनि उनले आलोचना गरे । न्यूयोर्कमा ३० हजार भेन्टिलेटरको खाँचो रहेकोमा अहिले त्यहाँ केवल सात हजार रहेको उनले बताए । न्यूयोर्कमा हालसम्म २५ हजारलाई सङ्क्रमण अनि कम्तीमा २१० जनाको मृत्य भइसकेको छ ।

अमेरिका अर्को : केन्द्रविन्दुु

विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले मङ्गलवार अमेरिका कोरोनाभाइरस प्रकोपको अर्को केन्द्रविन्दु बन्ने सम्भावना रहेको बतायो ।
राष्ट्रपति डोनल्ड ट्रम्पले अर्को महिना अमेरिका व्यापारका लागि खुला हुने आशा व्यक्त गरेपछि ती चेतावनी आएका छन् ।

न्यूयोर्कबाट आउनेहरू क्वारान्टीनमा

अमेरिकी सरकारले केही दिन यता न्यूयोर्क शहरबाट बाहिरिएका प्रत्येक मानिसलाई आगामी दुई सातासम्म स्वयं अलग्गिएर ‘सेल्फ क्वारान्टीन’ मा बस्न भनेको छ ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनल्ड ट्रम्पले सो शहरलाई सङ्क्रमणको एक केन्द्रविन्दु भएको बताए ।अमेरिकाभरि कोरोनाभाइरस सङ्क्रमण नयाँ पत्ता लागेका मध्ये दुई तिहाइ सोही शहरबाट पत्ता लागिरहेका छन् ।

अमेरिकामा ५३ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको पाइएको छ । सात सयजनाको ज्यान गइसकेको छ ।

राष्ट्रपति ट्रम्पले भने, ‘हाम्रा निर्णय वास्तविक तथ्यमा आधारित हुनेछन् । इस्टर सम्ममा अमेरिकीहरू काममा फर्कनेमा म आशावादी छु ।

तर कुनै पनि निर्णय अमेरिकीहरूको स्वास्थ्य र सुरक्षामा आधारित भएर गरिनेमा म सबैलाई आश्वस्त पार्न चाहन्छु ।’ बीबीसी ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij