ई आर्थिक, चितवन । चितवनमा सरकारले घोषणा गरेको लकडाउनलाई उल्लंघन गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउनको अवज्ञा गर्दै घर बाहिर निस्केका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ ।
अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नपाउनेमा उनिहरु बिना काम बाहिर निस्केकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । अत्यावश्यक काम भएकाले भने त्यसबारे जानकारी गराएर हिँड्डुल गर्न सक्ने छन् ।