२०८३ साउन ९ शनिबार

एनआईसी एशिया बैंकको डिजिटल बैंकिङ्गका विभिन्न सेवाहरू निःशुल्क

ई आर्थिक    आइतबार, चैत्र ९ २०७६
5.9K
Shares
एनआईसी एशिया बैंकको डिजिटल बैंकिङ्गका विभिन्न सेवाहरू निःशुल्क

ई आर्थिक, काठमाडौं। एनआईसी एशिया बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पु¥याउने उद्देश्यले बैंकले सो सेवा दिएको जनाएको छ।

विश्वभरि नै तिब्र रुपमा फैलिरहेको कोरोना भाइरस भाइरसको जोखिम कम गर्न अहिले विभिन्न देशहरुले युद्धस्तरमा अनेक सावधानीका उपायहरु अपनाएका छन् । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको संक्रमणको दृष्टिकोणले जोखिमपूर्ण राष्ट्रको रुपमा सूचिकृत गर्दै सतर्क रहन निर्देशन दिएको छ ।

कोरोना भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्ने हुनाले भिडभाडमा नजान तथा सबैलाई सजग रहन सरकारले सुझाव दिएको छ । यस्तै, देशवासीहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सरकारले अनुरोध गरिरहेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतिय कारोबारको माध्यम प्रयोग गर्न सुझाव दिएको छ ।

बैंकले ग्राहकको स्वास्थ्य तथा सुविधालाई मध्येनजर गर्दै घरमै बसेर अनलाईन खाता खोल्न मिल्ने सुविधा प्रदान गर्नुको साथै, इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सेवाहरूमा अर्को सूचना जारी नभएसम्मका लागि निशुल्क प्रदान गर्ने जनाएको छ।

बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५९ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij