२०८३ साउन ९ शनिबार

मेगा बैंकद्वारा दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री र कम्प्युटर

ई आर्थिक    आइतबार, चैत्र ९ २०७६
5.5K
Shares
मेगा बैंकद्वारा दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री र कम्प्युटर

ई आर्थिक, काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले काभ्रेका दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर सहयोग गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले सपोर्ट टु फेलोशिप सोसाइटी नेपाल संस्थामार्फत काभ्रेको धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर प्रदान गरेको हो।

मेगा बैंकका बनेपा शाखा प्रमुख राजेश्वर श्रेष्ठले दृष्टिविहीन विद्यार्थीहरुलाई कम्प्युटर, दृष्टिविहीन विद्यार्थीहरुले प्रयोग गर्ने विशेष कापी, कलम, झोला तथा बोर्ड हस्तान्तरण गरेका थिए।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकले बिभिन्न जिल्लाका विद्यार्थीलाई सहयोग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij